विन्ध्यावासिनी मन्दिर संरक्षण समितिमा श्रेष्ठ
विन्ध्यावासिनी मन्दिर संरक्षण समितिमा श्रेष्ठ
गोरखा नगरपालिका–३ नारेश्वरमा रहेको विन्ध्यावासिनी मन्दिर संरक्षणका लागि विन्ध्यावासिनी मन्दिर संरक्षण समिति गठन गरिएको छ ।
सोमवार भएको भेलाले बाबुराम श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
जसको सचिवमा कुंवेर थापा, कोषाध्यक्षमा सरला श्रेष्ठ लगायत अन्य सदस्यहरु रहेका छन् । मन्दिर संरक्षण तथा मर्मत सम्भारका लागि गोरखा नगरपालिकाले १० लाख रकम विनियोजना गरेको स्थानीय विमल श्रेष्ठले बताए । नयाँ समितिले योजना अनुसार काम गर्ने उनको भनाइ छ ।
समितिले मन्दिरको मर्मत तथा प्रचार प्रसार गर्न पहल गर्ने बताइएको छ ।
समितिले गरेका कामको अनुगमन गर्न गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।
सोमवार नारेश्वर टोल सुधार समिति लगायत स्थानीयहरुको सहभागितामा मन्दिरपरिसरको सरसफाइ गरिएको छ ।
उनका अनुसार धार्मिक र ऐतिहासिक महत्व बोकेको विन्ध्यावासिनी मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएकाले संरक्षणका लागी स्थानीयहरु एकजुट भएका हुन् ।
कार्यक्रममा वडा सदस्य राजेन्द्र तिवारी, शम्भु थापा, उद्योग वाणिज्य संघका अध्यक्ष क्षेष्ठ, उपाध्यक्ष कृष्णकुमार क्षेष्ठ, टे«ड युनियनका अध्यक्ष शरदबाबु क्षेष्ठ लगायत स्थानीयको सहभागिता रहेको थियो ।