गोरखाको साहित्य गोष्ठीः एक सृष्टि अनेक दृष्टि
गोरखाको साहित्य गोष्ठीः एक सृष्टि अनेक दृष्टि
ऋषि खनाल
साहित्य–संगीत–कला विहीन, साक्षात्पशु पुच्छविषाणहीनः (अर्थात साहित्य, संगीत र कला यी तीन कुरामा एउटैमा पनि रुची नदेखाउने मानिस पुच्छर र सीङ नभएको बराबर हो ) (भतृहरि । कसको मन उद्देलित नहोला र ? साहित्य भन्नासाथ ।
कुरा आयो गोरखा नगरपालिका वडा नं ५ का बडाध्यक्ष ज्यूबाट ( एउटा साहित्यिक कार्यक्रम गरौं न गोरखा बजारमै ।
हामी सहयोग गर्छौं । आयोजक आप्mनै वडामा रहेको गोरखा क्याम्पस बनिदियोस । एक लाखको बजेट छ । सोझो मान्छेका सोझा कुरा ।क्याम्पसबाट पनि नेपाली विभागमा कुरा सोझियो । तिर्खाएको बटुवाले जरुवा भेटे जस्तै भयो ।
गोरखा जिल्लाको प्राज्ञिक नेतृत्वको केन्द्र (ऋभलतचभ या भ्हअभििभलअभ) गोरखा क्याम्पस नै हो । कार्यक्रमका बारेमा विभागमा छलफल भयो । वादेः वादेः जायते तत्व वोध । निस्कियो निष्कर्ष । गोरखा जिल्लाको साहित्यको सिंहावलोकन गरौं ।
कार्य विभाजन भयो । मेरै जिम्मामा आयो कार्यपत्रको तयारी गर्ने काम । पछाडि हट्ने कुरै भएन । सबैका लागि सहज हुने साहित जु¥यो २०७६ फागुन २३ गते । कार्यक्रम पनि गच्छे अनुसार सम्पन्न भयो । गोरखाको विशेषता अनुरुप कति छुटे कति जुटे । कोबिट ज्ञढभाइरस आतङ्कका बीच पनि नपत्याई नपत्याई कार्यक्रम त ठुलो पो भएछ ।
प्रमुख अतिथि, गोरखा नगरपालिकाका नगर प्रमुख आरम्भदेखि साङ्गेसम्म किलो ठोकेझै अडिनु, कार्यपत्रका समीक्षक डा. राजुबाबु श्रेष्ठको शब्द सापटी लिएर भन्दा नेपाली समालोचना फाँटका सगरमाथा प्रा. राजेन्द्र सुवेदी विशिष्ट अतिथिका रुपमा कार्यक्रमको समग्र बिश्लेषकका रुपमा रहनु, हंशपुरबाट उठेर राष्ट्रिय व्यक्तित्वमा चुलिएका, खण्डकाव्य र कविता संग्रह गरी नेपालीमा १४ वटा र अंग्रेजीमा १३ वटा कृति प्रकाशित गरि सक्नु भएका अंग्रेजी–नेपालीका विद्वान, सह.प्रा.सीताराम अधिकारी र गोरखा बजारको तीनधारेको पानी पिएर गोरखा क्याम्पसको विद्यार्थी हुँदै प्रहरी सेवाको उच्च पदमा रहदै साहित्य साधनाम सक्रिय भएर कथा संग्रह, कविता संग्रह, गीति संग्रह, गीत संग्रह गरी १८ वटा भन्दा बढी सिर्जना दिएर समकालीन साहित्यको राष्टिूय माहोैेलमा कुमठेलेर अगाडि बढिरहेका डा राजुबाबु श्रेष्ठ जस्ता समीक्षकले उदिनेका म बबुरोको कार्यपत्र ।
कार्यक्रम कस्तो भयो होला ? सहजै अनुमान गर्न सकिन्छ । आप्mनो कमजोरीलाई लुकाउन प्रविधिलाई दोषदिने हाम्रो स्वभावको पुनर्पुष्टि गरे, टालटुल गरे र उम्किए ।
त्यहाँबाट त उम्किएँ । ताहाको माछो भुङग्रोमा भने जस्तै गोरखाको साहित्यको विहङ्गम अध्ययन गरी गोरखाली विशिष्ठतालाई नेपाली विशिष्ठीकरणसँग जोड्ने दायित्वको औला विशिष्ठ अतिथिबाट मेरै नाकतिर सोभ्mयाइए पछि भने मेरो निद हराम हुन थाल्यो । कुन दिनमा यो भ्mयाङलो भिरेछु भनेर ।
प्रा राजेन्द्र सुवेदी मेरो गुरु । दिनु भयो गृहकार्य गोरखाली साहित्यलाई इन्टर डिस्क्रेपन्सी साहित्यका रुपमा अध्ययन अनुसन्धान गर्ने, स्थानीय महत्वलाई राष्टिूय महत्वसँग जोड्ने, नेपाली साहित्यको मूल बिज गोरखा हो भन्ने तर्कपूर्ण दाबीप्रस्तुत गर्ने ।’
टाउको फर्सी भन्दा गरुङ्गो जस्तो भयो । संझिएँ कीतिपुरमा पढिरहदाको कक्षाको दृश्य । हल्लाएँ अल्छी विद्यार्थीले हस् भने जस्तै गरी भारी भएको टाउको ।
कार्यपत्रमा विद्वान समीक्षकहरुबाट यति गहन सुझावहरु आए त्यसको २५ प्रतिसत मात्र पुरा गर्न सकिए पनि गोरखाको साहित्यले एउटा छलाङ हान्थ्यो ।
राष्ट्रिय साहित्यिक फाँटमा डुग्रिनका लागि तङ्ग्रिन्थ्यो होला । तर गोरखा, गोर्खा रहेन । पृथ्वी नारायण शाहको गोरखा, बिसे नगर्चीको गोरखा, कालु पाण्डेको गोरखा छैन रछैन पृथ्वीनारायाण शाहलाई रानु मानेर झुम्मिने मौरीको बथानको गोरखा ।
तैपनि हामीले नै गर्नु पर्छ । गोरखाको साहित्यको इतिहास काठमाडौंवा पोखरामा बसेर पनि लेखिदैन । चितवन वा अन्य कतै बसेर लेखिनेवाला छैन ।
भोटखोलाका चुमभ्याली, हिमाल पहाड हुँदै गाउँबेसी र टारसम्म छात्ती फैलाउनु पर्छ ।
बल्ल पुग्न सकिन्छ सामागाउँको ताघबाई गुम्बामा कोपिएको राजा आदित्य मल्लको शिलालेखलाई छाम्न ।
साहित्यिक गोष्ठी सम्पन्न भयो । केही देखिनै पर्ने अनुहार छेकिए । आस्थाको पर्खाल कतै मक्किएको त हैन ?वा कोरला भाइरस आतङ्कको अजङ्ग पर्बतले छेक्यो ? पापी मनले सोच्न पनि भ्यायो । जो तिर्खाएका थिए उनीहरुबाट ।
आयो तकार्यपत्रका बारेमा आआप्mनो भाषा र शैलीमा खँदिलो सुझावहरु । सिंहावलोकन देखि स्याल अवलोकनसम्म, प्रगतिशीलताले किचिएकोदेखि अनावश्यक थाम्नै नसक्ने विशेषणको पगरी गुथाइएको सम्म ।
राजनीतिमा साहित्य घुस्नु पर्नेमा कतै साहित्यमा राजनीति घुस्यो कि भन्ने आशंकादेखि कतै यही नै गोरखाली साहित्यको बारेमा चर्चा गर्ने अन्तिम कार्यक्रम त बन्देन भन्ने शंकासम्म । जे होस् धेरैका घाटी सकसकाएका थिए यो कार्यपत्रका सम्बन्धमा आप्mना भावहरु पोख्न ।
तर जति आयो गोरखाको साहित्यिक गतिविधिलाई दिशा निर्देश गर्ने चिन्ता र चासोका कोणबाटै आए । यो उकुसमुकुसले गोरखाको साहित्यको इतिहासलाई अब यथाबत रुपमा बग्न दिदैन । यसले नयाँ निकास खोज्नेछ ।
प्रा. राजेन्द्र सुवेदीले भन्नु भए जस्तै यसले अब गोरखाको भौगोलिक सीमा भित्रका विधागत वर्गीकरण तर्फ जबर्जस्त प्रवेश गर्नेछ र पाउने छ बेग्लाबेग्ले रुपमा आख्यान विधा, कविता विधा, निबन्ध विधा, नाटक विधा अनि पाउने छ लोक साहित्यको छुट्टै ढुकुटी ।
यतिमात्र हैन विधा भित्रका उपविधाको भ्mयाङलाई पनि गोडमेल गरी छुट्टाछुट्टै ड्याङ र चौकीमा सारिने छ ।
गोरखा नगरपालिकाका नगर प्रमुखले उक्त कार्यक्रम वा माहौलमा कर्तल ध्वनिका साथ व्याक्त साहित्यिक कार्यक्रमका लागि गर्ने सहयोगका अभिव्यक्ति साहित्यिक भावमा तरङ्गितउत्तेजित कविता नभई गोरखाको आवश्यता स्थानीय पाठ्यक्रमको अवधारणबाट सोची बिचारी आएको दृष्टिकोण हो भने त्यो सुखद दिनका लागि धेरै दिन कुर्नु पनि नपर्ला ।
यसरी सयौ साहित्यिक मनहरुले खचाखच भरिएको हलमा गोरखाका साहित्यको चर्चा हुनु विरलै पाइने सुखद अवसर हो । सर्जकहरुले यो कुरा भुल्न हुँदैन कि सिर्जनाको समालोचनाले सर्जकलाई झन धारिलो , तिखो र चम्किलो बनाउँछ वा ज्ञान वा साहित्यिक चेतलाई झनै उजिल्याइदिन्छ ।
यो अवसर थोरै भाग्मानीलाई मात्र प्राप्त हुन्छ । तर बिर्सन नहुने गाँठी कुरो के हो भने गुरु बन्न सजिलो हुन्छ चेला बन्न गाह्रोे । हामी चेला र गुरु दुबै भएकाले त्यसको तीतो–टर्रोको अनुभव पनि गरेका छौं । गोरखामा स्रस्टाहरुबाट नै जानी नजानी साहित्यको इतिहासमा इरेजर लगाइरहेका छौं ।
कमसेकम हाम्रा प्रकाशित सिर्जनाहरु संकलन गर्ने आधिकारिक संस्था त्यस्तो केही नभए तापनि एकमात्र सरकारी क्याम्पस गोरखा क्याम्पसमा २÷४ प्रति सिर्जना पठाइदिए मात्र पनि त्यसलाई क्याम्पसले आप्mनो पुस्तकालयमा गोखालीको सम्पत्तिका रुपमा जोगाएर राख्ने थियो ।
अथवा यसले आप्mनो प्राज्ञिक कार्यहरु मध्ये अनुसन्धान र ज्ञानको प्रसारणको गर्ने प्राज्ञिक नेतृत्वको केन्द्रको ऐतिहासिक जिम्मेवारीलाई वहन गर्दै उपलब्ध भएका केही प्रतिहरु खरिद गरेरै भएपनि सहयोग गर्न सक्छ ।
जसका कारण अध्येताहरुको लागि पनि यस क्याम्पस अनुसन्धान स्रोत सामग्रीको गन्तव्य बन्न सक्छ । अरु पुस्तकालय नियमित नभैरहेको अवस्थामा जिल्लाको सदरमुकामा रहेको, सयौं विद्यार्थीहरुले अध्ययन गर्ने, गोरखाको शैक्षिक केन्द्रमा आप्mनो सिर्जना रहनु आपैmमा गौरवको कुरा हो ।
त्यसमाझन् क्याम्पसले नव सिर्जनाहरुको प्रदर्शनी हुने गरी गोरखाली सिर्जनाको छुट्टै ¥याक बनाएर अध्ययनलाई सहजीकरण समेत गरिदिन्थ्यो । यस तर्फ सबैको ध्यान जानु जरुरी छ ।
प्रसिद्ध दाशनिक गेटेले भनेका छन् साहित्यको पतन राष्टूको पतन हो । मुलुकमा संघीय, प्रादेशिक र स्थानीय सरकार छन् । सबैको ध्येय समृद्ध राष्ट्र र सुखी जनता नै हो ।
विकास भनेको डोजरले जमिनको दोहनलाई बुभ्mने यो परम्परागत मानसिकतालाई चिरेर साहित्य संगीत र कलाको उन्नयन पनि हो भनेर बुभ्mने रामकुमार थापा जस्ता जनप्रतिनिधि हरुको स्थानीय सरकारमा वर्चश्व भएमा त्यसले कला र साहित्यमा समृद्धिको जामा पहिरिने छ ।
त्यही जामा सम्बन्धित सरकारको अलङ्कार बनेर चम्किरहने छ । त्यसैले यो मानेमा गोरखाको साहित्यिक इतिहासमा यो कार्यक्रमले दूरगामी महत्व राख्नेछ । सबै जनप्रतिनिधिलाई यो अँध्यारो पाटोमा लुकेर बसेको रसले झक्झक्याउने छ ।
हामी साहित्यका विद्यार्थीका लागि भोलि गोरखाको भौगोलिक सीमा भित्र रहेका साहित्यको विधागत वर्गीकरण गर्दै नेपालको विशिष्टिकरण संग गोरखाको विशिष्टतालाई जोड्ने अवसर प्राप्त हुनेछ र यो सबै गोरखालीहरुका लागि गौरव गर्न लायक विषय बन्नेछ । धन्यवाद । (लेखक गोरखा क्याम्पसका सह–प्राध्यापक हुन् । )