ढुङ्गा छापेको सडकमा ठुला सवारी गुड्न नपाउने

ढुङ्गा छापेको सडकमा ठुला सवारी गुड्न नपाउने


आइतवार, चैत्र २, २०७६


ढुङ्गा छापेको सडकमा ठुला सवारी गुड्न नपाउने

 सदरमुकाम क्षेत्र आसपास ढुङ्गा छापेको सडकमा ठुला  सवारी साधन गुड्न नपाउने भएका छन् ।
बिशेष गरी बसपार्क देखि पदेली हुदै ठुलो आँगन, छहरे, पाटेचौर लगायतका क्षेत्रमा ठुला सवारीलाइ रोक लगाइएको हो ।

शुक्रवार बसेको उपभोक्ता हित          संरक्षण समितिको बैठकले शनिवारबाट लागू हुने गरी उक्त निर्णय गरेको समितिका सदस्य सचिव चेत प्रसाद अम्गाइले बताए ।



‘शव बहान, फोहोर उठाउने गाडी, स्कुल बस र साना सवारीहरु गुड्न पाउछन्,’ उनले भने, ‘टिप्पर, ट्याक्टर ट्रक जस्ता ठुला गाडी पाउदैनन् ।’ बिकल्प नभएर अति आवश्यक परेको खण्डमा वडा कार्यालयको अनुमति लिएर रातको समयमा ठुला सवारी चल्न पाउने उनले बताए ।

उक्त सडक हुदै अन्य स्थानमा जानुपर्ने ठुला              सवारीलाई बैकल्पिक बाटो प्रयोग गर्न समितिले आग्रह गरेको छ । ‘ऐतिहासिक ठाउँ पनि हो त्यो, सडकमा छापेका ढुङ्गाहरु भत्किन थालिसक्यो, साघुँरो बाटो भएकाले मान्छे हिड्न पनि सहज भएन त्यसैले ठुला सवारी चल्न नदिने निर्णय गरेका हौ,’ अम्गाइले भने । निगरानीका लागी ट्राफिक कार्यालय र स्थानीयसँग समन्वय गरिएको उनको भनाइ छ ।

अटेर गरी ठुला सवारी चलाएमा कारवाहीका लागी ट्राफिक कार्यालय पठाइने उनले बताए । केही बर्ष अघि ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिको समन्वयमा सरोकारवाला निकायको बैठक बसेर सो क्षेत्रमा ठुला             सवारी चल्न नदिने निर्णय गरिएको थियो । तर प्रभावकारी रुपमा कार्यान्वयन भएको थिएन ।

‘समितिको म अध्यक्ष हुदाँ हाम्रो समन्वयमा सबै सरोकारवालालाइ राखेर निर्णय गराएका थियौ,’ बिश्वदेव श्रेष्ठले भने, ‘केही समय रोकियो पनि तर पछि निरन्तरता दिन सकेनौ ।’

उनका अनुसार स्थानीय जनप्रतिनिधी आएपछि समितिले उक्त काम छाडिदिएको हो । ठुला सवारी हिड्दा सडकमा छापिएको ढुङ्गा उप्किएको, साघँुरो बाटो भएकाले मानिस आउजाउमा समेत समस्या भएको उनको भनाइ छ ।

‘सडक मर्मतका लागी                   नगरपालिकालाई भन्दा हाम्रो दायित्व भित्र होइन भन्छ, पुरातत्वले हाम्रो जिम्मामा पर्दैन भन्छ, अपनत्व लिन कसैले मान्नुहुन्न,’ उनले भने ।

सडकमा छापिएको ढुङ्गा उप्कन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda