निशुल्क दन्त परिक्षण शिविरमा ५ सय बढीले सेवा लिए
निशुल्क दन्त परिक्षण शिविरमा ५ सय बढीले सेवा लिए
गोरखा नगरपालिका–१० छेवेटारमा रहेको पृथ्वी नारायण सामुदायिक अस्पतालमा दश दिने निशुल्क दन्त परिक्षण शिविर भएको छ ।
शिविरमा करिव पाँच सय भन्दा बढीले सेवा लिएका छन् । खोप्लाङ, मिरकोट, सातदोवाटो, चोरकाटे लगायतका स्थानीयले शिविरमा दन्त परिक्षण गराएका थिए ।
अस्पतालका प्रमुख कमल पोखरेलको समन्वयमा भएको शिविरमा जर्मनबाट आएका ६ जनाको चिकित्सक टोलीले सेवा दिएका हुन् ।
सेवा लिने मध्य अधिकांशमा दाँत किराने खाने समस्या भेटिएको चिकित्सक टोलीले बताएका छन् ।
उक्त टोलीले चोरकाटे देखि बारपाक सम्मका बालाबालिकालाई निशुल्क ब्रस तथा मन्जन समेत वितरण गरेको पोखरेलले जानकारी दिए ।