एसइई परिक्षा केन्द्रमा हेल्थ डेस्क राखिने
एसइई परिक्षा केन्द्रमा हेल्थ डेस्क राखिने
आगामी चैत ६ गतेदेखि सुरू हुन लागेको एसईई परिक्षामा सरकारले हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।
परीक्षार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले हेल्थ डेक्समा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित बसेको वैठकले १ हजार ९ सय ९५ वटै परीक्षा केन्द्रहरुमा स्वयंसेवक खटाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार हेल्थ डेक्समा खटिने स्वयंसेवकले परीक्षार्थीहरुलाई कोराना भाइरसको संक्रमणबाट बच्ने उपाय सिकाउने छन् ।
हेल्थ डेस्क राख्न स्थानीय तहलाई जिल्ला शिक्षा समन्वय समितिसँग संम्वन्य गरी आवश्यक व्यबस्था मिलाउन निर्देशन दिएको शर्माले बताए । स्वयंसेवक परीक्षा अवधिभर परिक्षा केन्द्रमा रहने छन् ।
स्वयंसेवक परिचालको लागि शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई परीक्षा केन्द्रको सूची उपलब्ध गराई सकेको छ ।
देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्रमा तोकिएको छ । ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परिक्षामा सहभागी हुँदै छन् ।