एसईई परिक्षाको तयारी पूरा, तोकिए केन्द्राध्यक्ष

एसईई परिक्षाको तयारी पूरा, तोकिए केन्द्राध्यक्ष


सोमवार, चैत्र ३, २०७६


एसईई परिक्षाको तयारी पूरा, तोकिए केन्द्राध्यक्ष

यही चैत्र ६ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परिक्षा    (एसईई) को लागी केन्द्राध्यक्षहरु तोकिएको छ ।
शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाका अनुसार २५ वटा बिद्यालयमा परिक्षा केन्द्र राखिएको हो ।

‘२३ वटा बिद्यालयमा सोही बिद्यालयका प्रधानाध्यापकहरु केन्द्राध्यक्ष तोकिएका छन्,’ इकाइका परिक्षा शाखा अधिकृत   राम बहादुर अधिकारीले भने, ‘बाँकी तीन वटामा अन्य बिद्यालयका शिक्षकलाइ केन्द्राध्यक्षको  जिम्मेवारी दिइएको छ ।’



केन्द्राध्यक्ष हुनका लागी माध्यमिक तहको स्थायी शिक्षक हुनुपर्ने प्रावधान           रहेको बताउदै उनले थपे, ‘भगवती हिमालय मावि घैरुङ, ताङ्लीचोक मावि ताङ्लीचोक र जनजागृति आधारभूत बिद्यालय माछाखोलामा माविका स्थायी शिक्षक छैनन्, त्यसैले अन्य स्कुलका स्थायी शिक्षकलाइ केन्द्राध्यक्ष तोकिएको            हो ।’

उनका अनुसार जनजागृती आधारभूत विद्यालयमा सरस्वती मावि आहालेका शिक्षक मेघनाथ लामिछानेलाइ केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

भगवती हिमालय माविमा भवानी मावि ठाटीपोखरीका शिक्षक चेतनाथ पन्त र ताङ्लीचोक माविमा भवानी माविका शिक्षक पिताम्वर देवकोटालाइ केन्द्राध्यक्ष तोकिएको उनले बताए ।

परिक्षाको सबै             तयारी पुरा भएको उनले                  जानकारी दिए ।

‘उत्तर पुस्तिका सबै परिक्षा केन्द्रमा पु¥याइसक्यौ, केन्द्र नजिकैको प्रहरी चौकीहरुमा प्रश्नपत्र पनि पुगिसक्यो,’ उनले  भने । उनका अनुसार यस बर्षको एसईई परिक्षामा जिल्लाका ४५ सय २८ बिद्यार्थी सहभागी हुदैछन् । प्राविधिक तर्फ १ सय १३, खुल्ला विद्यालय तर्फ १६, पुरक ग्रेड वृद्धि परिक्षा तर्फ २१ जना बिद्यार्थी परिक्षामा सहभागी हुने परिक्षा शाखा प्रमुख अधिकारीले बताए ।

मनकामना वहिरा आवासिय बिद्यालयबाट १३ जना बिद्यार्थी एसईई परिक्षामा सहभागी हुने उनले जानकारी दिए । दश जना बिद्यार्थीले भने परिक्षा दिन नपाउने भएका छन् ।

बिद्यालयमा ७५ प्रतिशत हाजिर नपुगेका, फारम नभरेका, कक्षा छाडेका लगायतका बिद्यार्थी परिक्षामा सहभागी हुन नपाएको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda