आँपपिपल अस्पतालमा आइसोलेसन वार्ड स्थापना
आँपपिपल अस्पतालमा आइसोलेसन वार्ड स्थापना
पालुङटार नगरपालिका–२ स्थित आँपपिपल सामुदायिक अस्पतालमा आईसोलेसन वार्ड स्थापना गरिएको छ ।
विश्वभर पैmलिएको कोरोना भाइरसबाट हुन सक्ने सम्भावित संव्रmमणलाई लक्षित गरी वार्ड स्थापना गरिएको नगर स्वास्थ्य संयोजक दिपेन्द्र गिरीले बताए ।नगरपालिकाको सहयोग र आँपपिपल अस्पतालको समन्वयमा वार्ड स्थापना भएको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा चार वटा बेड र आवश्यक औषधी उपकरण रहेका छन् ।
‘वार्डमा एटेज बाथरुम र नुहाउनका लागी छुट्टै स्नान कक्ष पनि छ,’ उनले भने । वार्डको सोमबार नगरप्रमुख दिपकबाबु कडेलले अनुमगन तथा निरिक्षण गरेका छन् । अस्पतालमा सोमबारबाटै स्तनपान कक्ष पनि स्थापना भएको गिरीले बताए ।
‘बच्चालाइ खुल्ला ठाउँमा स्तनपान गराउन असहज महशुस हुन्छ भन्ने अनुमान गरेर स्तनपान कक्ष स्थापना गरेका हौ,’ उनले भने । कोरोना भाइरसबाट हुन सक्ने संक्रमणलाइ लक्षित गरी गोरखा अस्पतालले यसअघि नै आइसोलेसन वार्ड स्थापना गरिसकेको छ । आवश्यक उपकरण सहित दुइ वटा कोठामा वार्ड स्थापना गरिएको अस्पतालले जनाएको छ ।