गोरखामा जथाभाबी उत्खनन् : न घाट रह्यो, न कुलो

गोरखामा जथाभाबी उत्खनन् : न घाट रह्यो, न कुलो


बिहिबार, चैत्र ६, २०७६


गोरखामा जथाभाबी उत्खनन् : न घाट रह्यो, न कुलो

जथाभाबी गरिएको उत्खननले गोरखा नगरपालिका–५ बेनीखोलास्थित दरौँदी नदी गहिरिएका कारण कुलोमा पानी नचढ्दा खेतहरु बाँझै हुन थालेका छन् । स्थानीय कृषक पूर्णमान श्रेष्ठका अनुसार सो ठाउँमा रहेको सुन्तले बोहोरा बेँसी कुलोबाट हजारौं रोपनी खेतमा सिंचाइ हुन्थ्यो ।

तर अहिले कुलोमा पानी चढ्दैन । ‘मनपरी उत्खननले नदी गहिरियो, कुलोको मुहान अग्लो भयो,’ उनले भने, ‘अहिले पानी नै चढ्दैन ।’ कुलोको मुहान नदीभन्दा करिब डेढ मिटर अग्लो भएको उनले बताए ।



पानी नभएकै कारण गत वर्ष धान नफलेको गोरखा नगरपालिका–१० छेवेटारका कृषक कालुमान कुमाल बताउँछन् । ‘पोहोर पानी नभएर रोपेको धान खेतमै आगो लगाउनुपर्‍याे , मेहनत खेर मात्र गयो,’ उनले भने । ६ रोपनी खेतमा ३२ मुरीसम्म धान फलाएको सम्झदै उनले थपे, ‘पानी हुँदा मज्जाले खेती हुन्थ्यो, जे लगाए पनि फल्थ्यो तर अहिले पानी नहुँदा खेती पनि हुन छाड्यो ।’

छेवेटारकै अर्का किसान भक्तराम थापाले चैते धानको बिउ राखेको एक महिना भयो । तर पानी नभएर रोप्न पाएका छैनन् । ‘नहरको पानीले धान लगाउने हो, तर नहरमा पानी नै चढ्दैन, अब के गर्ने खै !’ उनले दुखेसो पोखे ।

कुलोको मुहानमा क्षति पुग्नेगरी उत्खनन गर्दा पनि नियमन निकाय मौन रहेको भन्दै मान बहादुर कुमालले आक्रोश व्यक्त गरे । ‘मान्छे पोल्ने घाट पनि हो यो, जथाभावि उत्खननले गर्दा अहिले चिता बनाउने ढुङ्गा पनि पाइँदैन,’ उनले भने, ‘जनताको मुख मासेर ब्रम्हलुट गरेका छन्, तै पनि सम्बन्धित निकायले कारवाही गर्दैन ।’ नियमन निकायकै मिलेमतोमा मनपरी भइरहेको उनको आरोप छ । कुलोमा पानी नचढ्दा परिवार पाल्न समेत मुश्किल भएको गुनासो उनले गरे ।
उक्त कुलोबाट बेनिखोलादेखि छेवेटारसम्मको सुन्तले बोहोराबेँशी फाँटको करिब पाँच हजार रोपनी खेत सिंचित हुने कुलो उपभोक्ता समितिका अध्यक्ष कृष्णजी थापा मगर बताउँछन् । खेती गर्नुअघि कुलो मर्मतका लागि उपभोक्तासँग रकम उठाउँदै आएको उनले बताए । ‘वर्षमा तीन बाली लगाइन्छ, कुलो मर्मत गर्न प्रत्येक पटक उपभोक्तासँग पैसा माग्न जानुपर्छ, कति पैसा माग्न आएको भनेर रिसाउँछन्,’ उनले भने । गत वर्ष पनि ८५ हजार रकम खर्चेर कुलो मर्मत गरे पनि उत्खनन् गर्नेले भत्काइदिएको उनले बताए । अब उत्खनन गर्नेले कुलोको जिम्मा लिनुपर्ने उनको माग छ ।

कुलोमा क्षति पुगेपछि किसानहरु मिलेर गत फागुन ९ गते उत्खननमा रोक लगाएका थिए । तर ठेकेदारहरुले पुनः अर्काे ठाउँमा खन्न शुरु गरे । यसबारे नगरपालिकामा जानकारी गराउँदा समेत बेवास्ता गरेको उनीहरुको आरोप छ । ‘जथाभावी उत्खननले खेत बाँझै हुने भए, किसान मर्ने भए,’ मगरले भने, ‘हाम्रो खेतको जिम्मा लिनुपर्‍याे, होइन भने क्षतिपूर्ति दिनुपर्‍याे ।’

सो ठाउँमा उत्खननको जिम्मा पाएको युनिक निर्माण सेवा प्रालिले भने नगरपालिकाले ठेक्का लगाएको ठाउँमा नियमपूर्वक उत्खनन गरेको दाबी गरेको छ । कुलोमा क्षति हुने गरी काम नभएको प्रालिका प्रदीप कुवँरले दाबी गरे ।

गोरखा नगरपालिकाका प्रकाश ढकालले भने वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्नुअघि स्थलगत निरिक्षण गर्दा कुलोको कुरा नआएको बताए । ‘हामीले उत्खननका लागि ठेक्का लगाउनु अघि त्यो ठाउँमा घाट, कुलो केही छ भने जानकारी गराउन भनेर १५ दिने सार्वजनिक सूचना पनि निकालेका थियौं, तर त्यो बेला कुलोको कुरा आएन,’ उनले भने ।

उत्खननका कारण स्थानीयबासीलाई केही समस्या परे ठेक्का लिने कम्पनीले समाधान गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda