प्रशासन कार्यालय गोरखाको सबै सेवा बन्द
प्रशासन कार्यालय गोरखाको सबै सेवा बन्द
जिल्ला प्रशासन कार्यालय गोरखाबाट नियमित रुपमा प्रवाह हुदै आएको सबै सेवा बन्द गरिएको घोषण गरेको छ ।
विश्वभर पैmलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारको निर्देशन अनुसार सबै सेवा सुविधा बन्द गरिएको प्रशासकीय अधिकृत हर्क बहादुर रोकाले बताए ।
नागरिकता, राहदानी, विभिन्न सिफारिस, संघसस्था, हातहतियार दर्ता÷नविकरण लगायतका सेवाहरु बन्द गरिएको रोकाले जानकारी दिए ।
उनका अनुसार चैत्र ९ गतेबाट २१ गते सम्म कार्यालयबाट दैनिक प्रवाह हुदै आएका सेवाहरु बन्द हुनेछन् ।
त्यस्तै गोरखfकालीमा मन्दिरमा हुने विशेष पूजा बाहेक सर्वसाधरणबाट हुने सबै पूजा रोक लगाएने निर्णय भएको प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
यो पनि पढनुस् http://onlinegorkha.com/news/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%