विद्यार्थीलाई ट्र्याकसुट बाँड्न गाउँपालिकाले अनुमति दिएन

विद्यार्थीलाई ट्र्याकसुट बाँड्न गाउँपालिकाले अनुमति दिएन


आइतवार, चैत्र ९, २०७६


विद्यार्थीलाई ट्र्याकसुट बाँड्न गाउँपालिकाले अनुमति दिएन

विद्यार्थीलाई ट्र्याकसुट वितरण गर्ने दाताले गाउँपालिकाले असहयोग गर्दा पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थीलाई ट्र्याक सुट वितरण गर्न नपाएको गुनासो गरेका छन् ।

गत माघमा आरुघाट गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयका करिब १५ सय विद्यार्थीलाई ट्र्याक सुट वितरण गर्ने कार्यक्रम थियो । वितरक संस्था सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीका अनुसार गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले माघ २३ र २४ गते वितरण गर्ने कार्यक्रम तय गरेका थिए । तर अध्यक्षले लगातार बेवास्ता गर्दा अहिलेसम्म वितरण भएको छैन ।



‘अध्यक्ष आफैंले विद्यार्थीलाई ट्र्याक सुट बाँड्नुपर्‍यो सहयोग गरिदिनु भनेर भन्नुभयो, विद्यालय पनि उहाँले नै छान्नुभएको हो,’ खत्रीले भने, ‘त्यही अनुसार हामीले ट्र्याक सुट लिएर आयौं तर गोरखा आइपुगेपछि बाँड्न मान्नुभएन ।’

खत्रीका अनुसार धारापानी मावि, भीमोदय मावि आरुघाट, जनशक्ति आधारभूत विद्यालय आरुटार र सिद्धदेवी मावि चनौटेका विद्यार्थीलाई ल्याइएको करिब १३ सय थान ट्र्याक सुट भैरवी प्राविको पुरानो भवनमा थन्किएर बसेको छ ।

गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गर्छाैं भन्दै ल्याइसकेको सामान वितरण गर्न नदिएको भन्दै खत्रीले आपत्ति जनाएका छन् । ‘विद्यालयका प्रधानाध्यापकलाई ट्र्याक सुट नबाँड्न भनेर अध्यक्षले निर्देशन समेत दिनुभएको रहेछ, त्यो बेला वितरण गर्न पाएको भए अहिले एसईई दिने विद्यार्थीले पनि पाउँथे,’ उनले भने ।

यही चैत ७ गतेभित्र कपडा बाँड्न भन्दै केही दिन अघि संस्थाले गाउँपालिकालाई पत्राचार समेत गरेको थियो । तर पालिकाबाट कुनै प्रतिक्रिया नआएको खत्रीले बताए । अध्यक्ष दाहाल फोन सम्पर्कमा आउन नचाहेको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले यस विषयमा अनलाइनखबरसँग पनि प्रतिक्रिया दिन चाहेनन् । प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुस् भन्दै उनी पन्छिए ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले वितरण गर्न अनुमति दिने निर्णय गाउँकार्यपालिकामा नभएको बताए । ‘कार्यपालिकाको बैठकमा कुरा नराखी अध्यक्ष आफू एक्लैले वितरण गर्न दिने निर्णय गर्नुभएछ, कुनै वडामा बाँड्ने कुनैमा नबाँड्ने भन्ने विवाद भएपछि कार्यपालिकाले निर्णय गरेन, त्यही भएर रोकिएको हो,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda