राहत वितरणका लागी एन्फाद्धारा गोरखा नगरपालिकालाई खाद्यान्न सहयोग
राहत वितरणका लागी एन्फाद्धारा गोरखा नगरपालिकालाई खाद्यान्न सहयोग
दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने तथा विपन्न घरपरिवारलाइ राहत वितरणका लागी गोरखा जिल्ला फुटवल संघ (एन्फा) ले खाद्यान्न सहयोग गरेको छ । संघले ३० केजी को १३ बोरा चामल र ५० केजी दाल मंगलवार गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको हो । संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले गोरखा नगर प्रमुख राजनराज पन्तलाई उक्त सामग्री हस्तान्तरण गरे । ‘लक डाउनले जिविकोपार्जनमा समस्या भएका विपन्न घरपरिवारको राहतका लागी यो सामाग्री उपलब्ध गराएका हौ,’ उनले भने, ‘एकद्धार प्रणालीबाट राहत वितरण गर्ने भनेकाले नगरपालिकालाई हस्तान्तरण ग¥यौ ।’