गोरखा भित्रने नाकाहरुमा रातको समयमा सवारी चल्न रोक
गोरखा भित्रने नाकाहरुमा रातको समयमा सवारी चल्न रोक
गोरखा प्रवेश गर्ने बिभिन्न नाकाहरुमा वेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी चल्न नपाउने भएका छन् । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागी गठित जिल्ला स्तरिय कमाण्ड पोष्टको वुधवार बसेको बैठकले उक्त नाकामा बिरामी बोकेको एम्वुलेन्स, सदगत गर्न जाने व्यक्ति बोकेको सवारी साधन र आकस्मिक उपचार गर्न जाने व्यक्ति बोकेको सवारी बाहेकका अन्य सवारीलाइ पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । एम्वुलेन्सले यात्रु बोकेको गुनासो बढेपछि जिल्लाबाट बिरामी लिइ बाहिर जाने एम्वुलेन्सले अनिवार्य रुपमा जिल्ला भित्रको स्वीकृत अस्पताल र सरकारी स्वास्थ्य संस्थाको रिफर पत्र पेश गर्नुपर्ने छ । बिरामी उपचार पछि जिल्ला प्रवेश गर्दा स्वीकृत अस्पतालको डिस्चार्ज पत्र अनिवार्य गरिएको छ । साथै एम्वुलेन्समा बढिमा दुइ जनासम्म बिरामी कुरुवा रहन पाउने कमाण्ड पोष्टले निर्णय गरेको छ । निर्णय बिपरित काम गरेमा कानून अनुसार कारवाही गरिने बताइएको छ । लक डाउनलाइ थप प्रभावकारी बनाउन पैदल हिडेर अन्य जिल्ला जाने र अन्यत्रबाट गोरखा जिल्ला भित्रनेलाइ पनि रोक लगाउने बताइएको छ ।