डा. भट्टराईको लकडाउन दैनिकी : पुस्तकमा लिप्त, चारपटक भोजन

डा. भट्टराईको लकडाउन दैनिकी : पुस्तकमा लिप्त, चारपटक भोजन


आइतवार, बैशाख ७, २०७७


डा. भट्टराईको लकडाउन दैनिकी : पुस्तकमा लिप्त, चारपटक भोजन

सँधै व्यस्त सेड्यूलमा चल्ने नेताहरुको अचेल दिनचर्या बेग्लै छ । आमजनता जस्तै उनीहरु पनि लकडाउन पालना गरेर घरभित्रै बसिरहेका छन् ।

सभा, मिटिङ, अन्तर्वार्ताका लागि दौडादौड गरिरहने नेताहरुलाई घरभित्रै निष्क्रिय भएर बस्न कति कठिन भएको होला ? पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई चाहिँ लकडाउनमा पनि आफू सुव्यवस्थित तरिकाले सक्रिय जीवनयापन गरिरहेको बताउँछन् ।



फेसबुकमा एउटा संक्षिप्त भिडियो पोष्ट गरेर डा. भट्टराईले आफ्नो दैनिकी सार्वजनिक गरेका छन् । भट्टराईका अनुसार पुस्तक पढ्ने, चलचित्र हेर्ने, समाचार पढ्ने र साथीभाईसँग फोनमा कुरा गरेर उनको दिन बित्छ ।

बिहान उठेर नित्यकर्मपछि विभिन्न व्यायाम, जगिङ र प्राणायाम गर्ने गरेको उनी बताउँछन् । त्यसपछि अनलाइनका समाचारहरुमा घोत्लिन थाल्छन् ।

‘मेरो सुरुदेखिै बानी छ बिहान पत्रपत्रिका, टिभी र अनलाइनका समाचार हेर्ने । अहिले पनि म एक–डेढ घन्टा समय समाचार हेरेर बिताउँछु,’ डा. भट्टराई भन्छन् ।

डा. भट्टराईले खानपिनको योजनावद्ध तालिका बनाएका छन् । उनी बिहान आठ बजे ब्रेकफास्ट लिन्छन् भने दिउँसो ११–१२ बजे लन्च खान्छन् । लन्चमा दालभात तरकारी नै हुने गरेको उनले बताएका छन् ।

यसैगरी दिउँसो ४ बजेतिर उनी हल्का नास्ता गर्छन् । बेलुका चाहिँ सुख्खा रोटी र साग खाने गरेका छन् ।

डा. भट्टराईले पढाईमा निकै समय व्यतित गरिरहेका छन् । जारेड डाइमन्डले लेखेको एउटा पुस्तक पढिभ्याएका उनले अहिले ३–४ वटा पुस्तक एकैसाथ पल्टाइरहेका छन् । बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ विषयक पुस्तक आधाउधि पुर्‍याएको उनले जानकारी दिएका छन् ।

डा. भट्टराई घरमै बसेर इन्टरनेटमा चलचित्र पनि हेरिरहेका छन् । उनी भन्छन्, ‘हिसिलाजी र मेरो एउटै स्वाभाव के छ भने हामीलाई मनोरञ्जन पनि गर्नुपर्छ । त्यसैले मनोरञ्जनका लागि राम्रा फिल्म छानेर हेर्छौं । फिल्म हेर्दा छोरी पनि सँगै बस्छिन् ।’

सबैले आआफ्नो व्यक्तिगत रुची र पारिवारिक परिवेशअनुसार दिनचर्या बनाउनुपर्ने डा. भट्टराई बताउँछन् । शरीर र मनलाई सक्रिय राख्न नसके तनाव सिर्जना हुने र मनोरोग निम्तिन सक्ने उनको चेतावनी छ ।

‘घरमै बसौं । आफ्नो स्वास्थ्यको ख्याल राखौं । रोग नसर्नका लागि योगदान गरौं,’ डा. भट्टराईले भिडियोमा भनेका छन् । अनलाइनखवर


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda