राष्ट्र निर्माण मञ्चद्घारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण
राष्ट्र निर्माण मञ्चद्घारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण
कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा पुर्वसावधानीका लागी राष्ट्र निर्माण मञ्चले सेनीटाइजर, ग्लोव र मास्क वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालयलाई दुइ सय थान सेनिटाइजर र २५ सय प्रति ग्लोव उपलब्ध गराइएको मञ्चका जिल्ला संयोजक रमेश अधिकारीले बताए । त्यस्तै सामुदायीक सेवा केन्द्रलाई २० थान सेनेटाइजर र मानव अधिकार सञ्जाल तथा नागरिक अगुवाहलाई २० थान मास्क वितरण गरिएको उनले बताए । ‘केन्द्रबाट प्राप्त भएका सामाग्री वितरण गरेका हौँ,’ उनले भने ।