गोरखा मझुवाको वन नर्सरीमा ३६ हजार विरुवा उत्पादन हुदै
गोरखा मझुवाको वन नर्सरीमा ३६ हजार विरुवा उत्पादन हुदै
डिभिजन वन कार्यालयद्धारा गोरखा नगरपालिका–१३ सिमलगैरीमा संचालित वन नर्सरीको अनुगमन गरिएको छ । डिभिजनल वन अधिकृतको टोलीले वुधवार नर्सरीमा उत्पादित विरुवाहरुको अनुगमन गरेको हो । कार्यालयको चालु आर्थिक बर्ष २०७६÷७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत उक्त नर्सरीमा बिभिन्न जातका करिव ३६ हजार विरुवा उत्पादन गरिएको डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले बताए ।
उनका अनुसार नर्सरीमा खयर, सिसौ, इपिल इपिल, बकाइनो, तेजपात लगायका बिरुवा उत्पादन गरिएको छ । ‘कुल ३ लाख ६० हजार रकमको कार्यक्रम हो यो,’ उनले भने, ‘केही विरुवा उत्पादन भयो, केही गर्देछौ, केही तयारीमा छन् ।’ उत्पादित विरुवा आवश्यकता र मागको आधारमा राष्ट्रिय, कवुलियती, सामुदायिक, निजी लगायतका वनलाइ उपलब्ध गराइने उनले जानकारी दिए । सोही स्थानमा निर्माण हुने हाइटेक नर्सरीका लागी स्थल निर्माणको कामको पनि वुधवार स्थलगत अनुगमन गरिएको पौड्यालले बताए ।