गोरखामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार

गोरखामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार


बुधबार, बैशाख १०, २०७७


गोरखामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार

गोरखाको लेकमा बिरामी अवस्थामा फेला परेको गिद्धलाई मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले उद्धार गरेको छ । चुमनुव्री गाउँपालिका–३ सिर्दिवासको नाक्चेत स्थित एक स्थानीयको घरमा गत शुक्रवार गिद्ध फेला परेको हो । उक्त ठाउँ मनास्लु संरक्षण क्षेत्र अन्तरगत पर्छ ।
‘खान नपाएर होकी बिरामी भएर हो उड्न पनि नसकेर कमजोर अवस्थामा घरमा बसिरहेको रहेछ,’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने, ‘हामीले उद्धार गरेर कार्यालयमा ल्याई पिजडाभित्र राखेका छौ ।’ घरमा गिद्ध आएपछि स्थानीयले सिर्दिवासको फिलिम स्थित एमक्यापको कार्यालयमा खवर गरेका थिए । लगतै कर्मचारी खटाएर उद्धार गरिएको लामाले बताए ।
‘चितवनमा रहेको पंक्षी संरक्षण संघ नेपालले संरक्षण गरेर राखेको गिद्ध रहेछ, खुट्टामा ३९ नम्वरको ट्याग लगाइएको छ,’ उनले भने । भेटेरेनरी डाक्रटको सल्लाह र सुझाव अनुसार गिद्धलाइ आहार दिइरहेको उनले बताए । उनका अनुसार अहिले गिद्धको अवस्था सुधार हुदै गएको छ । ‘गिद्ध फेला परेपछि हामीले सौराहामा रहेको जैविक विविधता संरक्षण केन्द्रसँग समन्वय गर्दा पंक्षी संरक्षण संघद्धारा संरक्षित गिद्ध भन्ने थाहा भयो, अनि त्यहा समन्वय ग¥यौ, अहिले उहाहरुको टोली गिद्ध लिन आउदै हुनुहुन्छ,’ उनले भने । बिशेष प्रकारको पिजडा सहित प्राविधिकको टोली एम्वुलेन्स लिएर बुधवार माछाखोला आइपुगेको लामाले बताए ।
‘आज माछाखोला बस्नुभएको छ, भोली फिलिम स्थित हाम्रो कार्यालयमा आउनुहुन्छ, अनि हामी गिद्ध उहाहरुलाइ हस्तान्तरण गर्छाै,’ उनले भने । उक्त गिद्धलाई चितवन लगिने उनको भनाइ छ । मनास्लु संरक्षण क्षेत्रमा छाड्न आग्रह गरेपनि नमानेको उनले बताए । ‘तराइको गिद्ध हिमालमा बाच्न सक्दैन भनेर उहाहरु मान्नुभएन,’ उनले भने । उनका अनुसार चितवनमा रहेको गिद्ध प्रजनन केन्द्रले गिद्ध उत्पादन गर्ने र वयस्क भएपछि ट्याग लगाएर जंगलमा छाड्ने गर्छ । लेकमा भेटिएको उक्त गिद्ध ट्याग लगाएर एक बर्ष अघि छाडिएको बताइएको छ । लोपन्मुख पंक्षी भएकाले गिद्ध संरक्षणका लागी सरकारले बिभिन्न प्रयास गरिरहेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda