गोरखामा चितुवाका दुई डमरुको उद्धार
गोरखामा चितुवाका दुई डमरुको उद्धार
गोरखाको पालुङटार नगरपालिका–२ रातडाँडामा भेटिएको दुई वटा डमरु (चितुवाको बच्चा) को उद्धार गरिएको छ ।
करिव दुई महिनाका ती डमरुलाई डिभिजन वन कार्यालयले बिहीबार उद्धार गरेको हो ।
खबर पाएसँगै पौड्याल नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो । ‘करिब दुई महिनाका भाले र पोथी बच्चाहरु रहेछन्, हामीले उनीहरुको बसस्थान रहेको ढड्यानको ओडारमै लगेर छाडिदियौ,’ पौड्यालले भने ।
स्थानीयका अनुसार उक्त ढड्यान वस्तीदेखि करिव एक सय मिटर पर छ । ढड्यान नजिकै स्थानीयले मकै खेतीसमेत गरेका छन् । बारीमा काम गर्न जादै गर्दा चितुवाको बच्चा फेला परेको स्थानीयको भनाइ छ । अनलाइनखवर