नेपाली भूमि अतिक्रमण बिरुद्ध अनेरास्ववियूको ज्ञापन पत्र
नेपाली भूमि अतिक्रमण बिरुद्ध अनेरास्ववियूको ज्ञापन पत्र
बैशाख ३१, गोरखा ।
नेपाली भूमि अतिक्रमण गरी भारतले सडक निर्माण गरेको भन्दैै सत्तारुढ दल नेकपा निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन जिल्ला कमिटी गोरखाले बिरोध जनाएको छ ।
बुधवार प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्र मन्त्रालयलाइ ज्ञापन पत्र बुझाउदै कुटनितिक पहल मार्फत उक्त कार्य रोक्न र मिचिएका नेपालको भूमि फिर्ता गर्न कमिटीले माग गरेको छ । ‘हाम्रा सिमाना रक्षाका लागी सिमाना सुरक्षा फौज राख्न, सिमानामा काडेतार लगाई घेरावार गर्न, सिमा सम्बन्धि दिर्घकालिन समस्या हल गर्नका लागी उच्च तहबाट निर्णयक पहल लिन सरकासँग अनुरोध गर्दछौ,’ अनेरास्ववियू जिल्ला संयोजक संजिव थापा मगर र सहसंयोजक सुजन सिंखडाद्धारा संयुक्त रुपमा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र मार्फत नेपाली भूमी अतिक्रमण गरी निर्माण गरिएको सडक निर्माणको काम तत्काल रोक्न माग गरिएको छ । नेपाली भूमि अतिक्रमण गरी गत मंसिर महिनामा भारतले सार्वजनिक गरेको राजनितिक नक्सा खारेज गर्न पनि कमिटिले माग गरेको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य आर. के. भट्ट सहितको टोली प्रशासन कार्यालय पुगेर प्रजिअलाई ज्ञापन पत्र बुझाएको हो ।