गोरखामा बैंक खुल्न नदिइने, गाडीमा जिल्लाबाहिर जान प्रतिबन्ध

गोरखामा बैंक खुल्न नदिइने, गाडीमा जिल्लाबाहिर जान प्रतिबन्ध


बुधबार, बैशाख ३१, २०७७


गोरखामा बैंक खुल्न नदिइने, गाडीमा जिल्लाबाहिर जान प्रतिबन्ध

३१ वैशाख, गोरखा । गोरखामा बिहीबारदेखि लकडाउनलाई थप कडा पारिएको छ । विहीबारदेखि बैंक तथा वित्तीय संस्था, बिमा र सहकारी कार्यालयको सेवा बन्द गर्ने र सवारी साधनलाई जिल्ला भित्रन र बाहिर जान बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा वुधबार बसेको सर्वपक्षीय बैठकले जिल्ला भित्रिने र बाहिरिने सवारी साधनमा पनि कडाइ गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।



‘बिरामी बोकेको एम्बुलेन्स, दुर्घटनामा परी तत्काल उपचार आवश्यक परेका बिरामी बोकेको सवारी, लास एवं मलामी तथा किरियापुत्री बोकेको सवारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, प्रेस पास भएका सञ्चारकर्मी तथा वडाध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधिबाहेक अन्य सवारीलाई जिल्ला भित्र बाहिर गर्न रोक लगाउने निर्णय गरेका छौ,’ उनले भने ।

खाद्यान्न, तरकारी, पशुपंक्षीका दाना, औषधी उपकरण तथा माछामासुका पसल बाहेक अन्य पसल खोल्न नपाउने प्रजिअ पौडेलले बताए । जिल्लाबाट अर्काे जिल्ला जाने गरी यस अघि जारी गरिएको सबै इ–पास लगायतका सबै सवारी पासहरु खारेज गरिएको उनले जानकारी गराए ।

‘एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि सवारी पास चाहिएमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्नेछ,’ उनले भने । काठमाडौ जानका लागि पास आवश्यक परेमा गृहमन्त्रालयको स्वीकृति अनिवार्य रहेको उनले बताए ।

लकडाउन उल्लघंन गर्नेलाई कानून अनुसार कारवाही गरिने उनले चेतावनी दिए । भारतलगायत अन्य मुलुकबाट आउन सक्ने मानिसको व्यवस्थापनको तयारी गर्न स्थानीय तहहरुलाई बैठकले आग्रह गरेको छ ।  अनलाइनखवर


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda