गोरखाको काशिगाउँमा बहुउदेश्यीय सभा हल
गोरखाको काशिगाउँमा बहुउदेश्यीय सभा हल
गोरखाको धार्चे गाउँपालिका–६ काशिगाउँमा बहुउदेश्यीय सभा हल निर्माण हुने भएको छ । तीन सय जना क्षमताको उक्त हलको बिहीवार शिलन्यास गरिएको हो ।
पर्यटन क्षेत्रलाइ लक्षित गरी निर्माण हुन लागेको उक्त हलको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले शिलन्यास गरेका हुन् ।
हल निर्माणका लागी गण्डकी प्रदेश सरकारबाट ५८ लाख रकम प्राप्त भएको गुरुङले बताए । गाउँपालिकाले ५८ लाख रकम विनियोजन गरेको उनले जानकारी दिए । हल निर्माण भएपछि मिटिङ, तालिम, सेमिनार लगायतका ठुला कार्यक्रमहरु गर्न सकिने उनको भनाइ छ । विवाह ब्रतवन्धका लागी पनि उक्त हललाई प्रयोग गर्न सकिने उनले बताए ।
हल निर्माणको जिम्मा रुविनाला कन्स्ट्रक्सनले पाएको छ । असार मसान्त भित्र काम सम्पन्न गरिसक्नुपर्ने अध्यक्ष गुरुङले बताए । हल अभावमा अहिले खुल्ला आकाश मुनी कार्यक्रम गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।