गोरखाको सिरानचोकमा मृत्त अवस्थामा रतुवा मृग भेटियो
गोरखाको सिरानचोकमा मृत्त अवस्थामा रतुवा मृग भेटियो
गोरखाको सिरानचोक गाउँपालिका–३ पराजुली गाउँ नजिकैको जंगलमा रतुवा मृग मृत्त अवस्थामा फेला परेको छ । उक्त मृगलाई स्थानीय जनप्रतिनिधीको रोहवरमा पालुङटार सव डिभिजन वन कार्यालयको हाता भित्र खाल्डो खनेर गाडिएको डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले बताए ।
मृत्त अवस्थामा मृग देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खवर गरेका थिए । खवर भएलगतै पालुङटार सव डिभिजन वन कार्यालयका कर्मचारीहरुको टोली त्यहा पुगेको थियो । प्रारम्भिक अनुसन्धान गर्दा शरिरमा कुनै घाउचोट नदेखिएकाले काल गतिले मरेको हुन सक्ने अनुमान गरिएको पौड्यालले बताए । त्यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।