श्री महेन्द्र माध्यमिक विद्यालयको सिलबन्दी दरभाउ आब्हान सम्बन्धी सूचना
श्री महेन्द्र माध्यमिक विद्यालयको सिलबन्दी दरभाउ आब्हान सम्बन्धी सूचना
प्रस्तुत सम्बन्धमा यस विद्यालयको लागि आ.व. २०७६।७७ मा गोरखा नगरपालिका वडा नंं १२ द्रारा “विद्यालयमा आइ.सि.टी. अन्तर्गत सामग्री” शीर्षकमा गरिएको विनियोन रकम रु. ६,००,००० बाट विद्यालयमा आइ.सि.टी. सामग्री खरिद गर्नु पर्ने भएकाले मिति २०७७ जेठ २० गतेका दिन बसेको वि.व्य.स.को बैठकको निर्णय, निर्माण गरिएको खरिद समिति र मिति २०७७।२।२१ मा बसेको खरिद समितिको बैठकको निर्णयानुसार आवश्यक सामग्री खरिद कार्य गोप्य शिलबन्दी दरभाउ बोल पत्रद्रारा गर्नु पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत (मान्यता) प्राप्त उत्पादक/कम्पनी/अधिकृत बिक्रेताबाट तपशिलको शर्तनामाको परिधिमा रही रितपूर्वक शीलबन्दी दरभाउ पत्र आवरुान गरिएको व्यहोरा सहितको यो सार्वजनिक सूचना प्रकासित गरिएको छ ।
तपशिल :
१. सिलबन्दी दरभाउ पत्र यो सूचना प्रथम पटक प्रकासित भएको मितिले १५ औं दिन अर्थात २०७७।०३।०४ को दिउँसो १२ बजेको समय भित्र चालु आ.व.का लागि नविरण भएको इजाजत पत्र, आयकर दर्ता पत्र र मूल्य अभिवृद्धि कर दर्ताको कर चुक्ता भएको प्रमण पत्रका प्रमाणित प्रतिलिपि संलग्न राखी लिखत निवेदनको साथ तल उल्ल्ेखित दस्तुर (फिर्ता नहुने गरी) तिरी इच्छुक बोलपत्र दाताले यस विद्यालयबाट खरिद गर्न सक्नेछ ।
२. खरिद भएका सिलबन्दी दरभाउ पत्र प्रथाम पटक प्रकासित भएको मितिले १५ औं दिन अर्थात २०७७।०३।०४ को दिउँसो १२ बजेको समय भित्र सिलबन्दी लाहाछाप गरी खाममा विवरण प्रष्ट खुलाई यस विद्यालयमा दर्ता गरी सक्नु पर्नेछ ।
३. सिलबन्दी दरभाउ पत्र खरिद गर्ने वा दाखेला गर्ने दिन सार्वजािक विदा पर्न गएमा लगत्तै विद्यालय खुलेको दिन समयानुसार हुनेछ ।
४. दर्ता भएका सिलबन्दी दरभाउ पत्रहरु सोही दिनको दिउँसो ४ः०० बजे उपस्थित सिलबन्दी पत्र दर्ताकर्ता वा निजको प्रतिनिधि र विद्यालय प्रतिनिधिहरुको रोहवरमा विद्यालयमा खोलिनेछ । दरभाउ पत्र दाताहरु र निजको प्रतिनिधिहरु उपस्थित नभएको खण्डमा पनि सिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन ।
५. सिलबन्दी दरभाउ पत्र साथ जमानत वापको बोलकवोल अंकको २.५ प्रतिशतले हुन आउने रा.वा. बैंक शाखा कार्यालय गोरखामा रहेको विद्यालय चल्ती खाता नं. ३०६००००७३० मा जम्मा गरेको सक्कल बैंक भौचर वा सो रकम बराबरको यस विद्यालयको नाममा जारी गरिएको विडवण्ड सिलबन्दी दरभाउ पत्र पेश गरेको अन्तिम मितिबाट ४५ दिन मान्य भएको पेश गर्नु पर्नेछ ।
६. म्याद तथा निर्धिारित समय नाघी आएको, रित नपुगेको र सर्त राखिएको दरभाउ पत्र उपर कुनै कारवाही हुने छैन ।
७. सिलबन्दी दरभाउ दाताबाट दरभाउ पत्रमा उल्लेखित मूल्य अभिवृद्धि क बाहेक रकम उल्लेख गर्नु पर्नेछ । सो दररेटमा अंक र अक्षरमा उल्ल्ेख गर्दा फरक परेको भएमा अक्षरमा उल्लेखित रकमलाई मान्यता दिइनेछ। यदि केरमेट भएको छ भने उक्त केरमेट भएको स्थानमा सही छाप गरेको हुनु पर्नेछ ।
८. यस विद्यालयको हितलाई ध्यानमा राखी दरभाउ पत्र स्वीकृत गर्ने, आशिक रुपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सर्वाधिकार विद्यालयको वि.व्य.स र खरिद समितिमा निहित हुनेछ ।
९. सिलबन्दी दरभाउ स्वीकृत भए पछि बोलपत्र स्वीकृत बिक्रेताले कबुल अंकको ५ प्रतिशतले हुन आउने रकम रा.वा. बैंक शाखा कार्यालय गोरखामा रहेको विद्यालय चल्ती खाता नं. ३०६००००७३० मा जम्मा गरेको सक्कल बैंक भौचर विद्यालयमा बुझाउनु पर्नेछ ।
१०. सिलबन्दी दरभाउ स्वीकृत वाला बिक्रेता र खरिद समिति बीच दोहोरो समझदारी करारनामा गराइने छ ।
११. यस सूचनामा लेखिएको हकमा यसै सूचाना मुताविक र यसमा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३, सावजनिक खरिद नियमावली २०६४ र अन्य प्रचलित ऐन कननून बमोजिम हुनेछ ।
१२. सिलबन्दी दरभाउ पत्र दाखिला गर्ने तथा खुल्ने समयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम नागरिक समाज तथा सञ्चारकर्मीको समेतको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
विड. नंं
कामको विवरण सूचना तथा प्राविधि सामग्री सप्लाई गर्ने
जमानत रकम बोकबोल अंकको २.५ प्रतिशतले हुने आउने रकम सिलबन्दी दरभाउ पत्रको दस्तुर रु.३०० (पाँच सय रुपैंयाँ)
नोट : बन्दाबन्दीको समयावधि भएकाले सिलबन्दी फाराम, विडवण्ड लिनको लागि सम्पर्कको लागि : ९८४६०८८२६९ र ९८५६०४००६१
मीनबहादुर नेपाली
संयोजक/ नि. प्रधानाध्यापक
खरिद समिति