सामुदायिक वन समूहद्धारा स्वास्थ्य सामग्री र पानी सहयोग
सामुदायिक वन समूहद्धारा स्वास्थ्य सामग्री र पानी सहयोग
गोरखा ः जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहहरुले जिल्ला अस्पताल गोरखालाई स्वास्थ्य सामग्री तथा पानी सहयोग गरेका छन् ।
शुक्रवार गोरखा नगरपालिका–११ को प्रकृति संरक्षण महिला सामुदायिक वन उपभोक्ता समूहले अस्पतालाई एक सय कार्टुन पानी सहयोग गरेको छ । जिल्ला अस्पतालमा पुगेर समूहका अध्यक्ष बिमला श्रेष्ठ र सल्लाहकार कुमार पौडेलले संयुक्त रुपमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई पानी हस्तान्तरण गरेका हुन् ।
यस अघि गोरखा नगरपालिका–३ नारेश्वरमा रहेका ठुलो सामुदायिक, गोलपोले सामुदायिक र ठुली सामुदायिक वन उपभोक्ता समूह र जनहित बहुउदेश्यीय सहकारी संस्थाले संयुक्त रुपमा ४० थान एन ९५ मास्क अस्पतालाइ उपलब्ध गराएको सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य कविता अर्यालले बताइन् ।
त्यस्तै बिरेन्चोक सामुदायिक वन उपभोक्ता समूहे थर्म गन एक थान, र गोरखा नगरपालिका–११ स्थित बडहरे सामुदायिक वन उपभोक्ता समूहले ३५ कार्टुन पानी उपलब्ध गराइसकेको छ ।
गोरखा नगरपालिका –८ को लुदी दामगाडे वन उपभोक्ता समूहले गोरखा नगरपालिकालाई दश सेट पिपिइ समेत उपलब्ध गराइसकेको छ ।