कोरोना निको भएका आठ जना ‘डिस्चार्ज’

कोरोना निको भएका आठ जना ‘डिस्चार्ज’


आइतवार, असार ७, २०७७


कोरोना निको भएका आठ जना ‘डिस्चार्ज’

 गोरखाका ८ जना   कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । जिल्ला अस्पताल गोरखाको आइसोलेसनमा उपचारारत उनीहरुलाई शनिवार डिस्चार्ज                   गरिएको हो ।

दुई पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
डिस्चार्ज हुनेमा गण्डकी गाउँपालिकाका चार, भिमसेन थापा गाउँपालिकाका दुई, पालुङटार     नगरपालिकाका र काभ्रेका एक÷एक जना रहेका छन् । उनीहरु १७ देखि ४३ बर्ष उमेर समूहका पुरुष                  रहेको अस्पतालले जनाएको छ ।



१४ दिन होम क्वारेन्टिनमा बस्ने गरी उनीहरुलाइ डिस्चार्ज गरिएको ढकालले बताए । निको भएका संक्रमितलाई स्वास्थ्य सामग्री सहित फूलको गुच्छा दिएर घर पठाइएको हो । उनीहरु डिस्चार्ज भएसँगै अस्पतालको आइसोलेसनमा १६ जना संक्रमितहरु उपचाररत              छन् ।

थप ५ जनामा  संक्रमण

थप पाच जनामा कोरोना पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकाका–५ का तीन जना, वडा नम्बर ७ र ८ का एक÷एक जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।
संक्रमण पुष्टि भएका मध्ये तीन जना भारतबाट आएका हुन् भने दुइ जना मध्ये एक जना गाडी सहचालक हुन् । अर्का एक व्यक्ति भने प्रहरी हिरासतबाट छुटेका व्यक्ति हुन् ।

‘हिरासतबाट छुटेर आएपनि हामीले उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेका थियौं । किनकी हिरासतमा बस्ने क्रममा पालुङटार नगरपालिकाका एक युवकमा कोरोना संक्रमण देखिएको थियो,’ खनालले भने, ‘हिरासतबाट छुटेका उनी घरमै बस्दै आएका थिए । तर आज(शुत्रबार) उनको रिपोर्ट पोजेटिभ आएको छ ।’

खनालका अनुसार अर्का संक्रमित सहचालक भने भारतबाट आएका भिमसेन थापा गाउँपालिकाका व्यक्तिहरुलाई लिन भैरहवा गएका थिए । ‘उहाँहरुले ल्याएका तीन जना मध्ये एक जनामा कोरोना देखिएपछि उहाँको पनि पीसीआर परिक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ आएको हो,’ उनले भने ।

गत जेठ २९ गते उनको पीसीआर परीक्षणका लागी नमूना संकलन गरेर पठाइएको खनालले जानकारी दिए । शुक्रबार संक्रमण पुष्टि भएका उनी पनि घरमा बस्दै आएका थिए । भारतबाट आएका बाँकी तीन संक्रमित सामूहिक          क्वारेन्टिनमा बस्दै आएको खनालले बताए ।

संक्रमितलाई गोरखा क्याम्पसको आइसालेसनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । यससँगै गोरखामा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda