रुकुम घटनाका दोषिलाई कारवाही गर्न माग
रुकुम घटनाका दोषिलाई कारवाही गर्न माग
पश्चिम रुकुम घटनाको दोषिलाई कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष जिल्ला कार्यसमिति गोरखाले बुधवार बिरोध ¥याली गरेको छ । हरमटारीचोकबाट शुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रेमिकालाइ भेटन जाँदा गाउँलेको कुटाईबाट नवराज बिश्वकर्मा सहित ६ जना मारिएका थिए ।
दोषिलाइ कारवाही र मृतक परिवारलाई उचित राहत दिनुपर्ने समितिको माग छ ।
कोणसभालाई समितिका संयोजक डिल बहादुर सेन्चुरी, काजीराम रोका, मंगल माल्बुल, कृष्ण सुनार लगायतले सम्बोधन गरेका थिए ।