मादक पदार्थ सेवन गरी कुटपिट गर्ने तीन पक्राउ
मादक पदार्थ सेवन गरी कुटपिट गर्ने तीन पक्राउ
मादक पदार्थ सेवन गरेर कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–६ वतासेका १८ बर्षीय सुवास गुरुङ, २३ बर्षीय बल बहादुर गुरुङ र २१ बर्षका जीवन गुरुङलाई शुक्रवार पक्राउ गरिएको डिएसपी वासुदेव खतिवडाले बताए ।
उनका अनुसार गोनपा–९ स्थित सलिनधारामा पानी लिन गएका विश्व बहादुर योगीलाई उनीहरुले कुटपिट गरी घाइते बनाएका हुन् । नेपाली सेनामा कार्यरत योगी सोही ठाउँका स्थानीय हुन् ।
‘मादक पदार्थ सेवन गरी होहल्ला गर्दै केटाहरु आएका रहेछन्, सम्झाउन खोज्दा योगीलाई अपशव्द बोल्दै टाउकोमा बियरको वोत्तलले हानेछन्,’ डिएसपी खतिवडाले भने ।
पक्राउ परेका तीन जना बिरुद्ध मुद्धा दर्ता गर्ने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।