स्थानीय तहलाई स्वाव संकलन गर्ने किट सहयोग
स्थानीय तहलाई स्वाव संकलन गर्ने किट सहयोग
जिल्लाका स्थानीय तहलाई स्वाव संकलन गर्ने किटको साथमा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।
पर्यटन व्यवसायी आरुघाट गाउँपालिका–८ का प्रेम खत्रीले किट र स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । सोमवार जिल्ला सदरमुकाममा एक कार्यक्रममा बिच पालिकाका अध्यक्षहरुलाई खत्रीले सामग्री हस्तान्तरण गरे ।
गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकालाई २५०÷२५० थान किट वितरण गरिएको खत्रीले बताए ।
उनका अनुसार पालुङटार नगरपालिका तथा गण्डकी र आरुघाट गाउँपालिकालाई २÷२ सय थान किट वितरण गरिएको छ । त्यस्तै सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका लाई १५०÷१५० थान किट सहयोग गरिएको उनले जानकारी दिए ।
धार्चे गाउँपालिकालाई एक सय थान किट उपलब्ध गराइएको छ ।
गोरखामा रहेका आइसोलेसन वार्डका लागी १५० थान किट सहयोग गरिएको छ । ‘शहिद लखन गाउँपालिकालाई २ सय पिस स्वाव संकलन गर्ने किट, एक हजार मास्क र चुमनुव्री गाउँपालिकालाई एक हजार मास्क उपलब्ध गराए,’ उनले भने ।
स्थानीय तहका प्रमुखहरु सँगको छलफलमा आवश्यकता रहेको बताएपछि मास्क र किट उपलब्ध गराएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखालाई दुई हजार थान मास्क र एक सय थान सेनिटाइटर वितरण गरेको खत्रीले बताए ।