गर्भवती र सुत्केरीलाई स्वास्थ्य सामग्री र पोषिलो आहार
गर्भवती र सुत्केरीलाई स्वास्थ्य सामग्री र पोषिलो आहार
आरुघाट गाउँपालिका–७ र ८ का गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खानेकुरा एवं स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कुल ४४ जनालाई एन–९५ र सर्जिकल मास्क, सेनिटाइजर, पञ्जा, टिसुपेपर, झुल र एक÷एक क्रेट अण्डा वितरण गरिएको आरुपोखरी स्वास्थ्य चौकी प्रमुख प्रवीण थापाले बताए ।
दुवै वडाबाट विनियोजित ५०÷५० हजार रकमबाट उक्त सामग्रीहरु वितरण गरिएको उनले जानकारी दिए ।
महामारीको रुपमा देखिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी स्वास्थ्य सामग्री वितरण गरिएको उनको भनाइ छ ।
वडा नम्वर ८ का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मुरारी खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, वडा नम्वर ७ का अध्यक्ष रण बहादर बराम, स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष दिर्घमान श्रेष्ठ, गाउँपालिका भेटेरिनरी शाखा प्रमुख लगायतको उपस्थिति रहेको बताइएको छ ।