च्याउ खाँदा सावधानी अपनाऔ
च्याउ खाँदा सावधानी अपनाऔ
च्याउ मानव शरीरका लागि अति उत्तम पौष्टिक आहार हो । तर त्यही च्याउलाई नचिनेर खाँदा विषको रुपमा परिणत हुने गर्दछ । विषालु च्याउ खाँदा मंगलबार आरुघाट गाउँपालिका–४ थुमीमा एकै परिवारका पाँच जना विरामी परे ।
उनीहरुलाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएको भयो । हाल उनीहरुको अवस्था सामान्य बनिसक्यो। यदि समयमै उपचार नपाएको भए उनीहरुको ज्यानै जान सक्ने अवस्था हुन्थ्यो ।
अहिले वर्षात शुरु भएसँगै जंगलमा विषालु च्याउ बढी नै उम्रने गर्छ । खानमिल्ने अन्य च्याउ पनि हुन्छ तर बिषालु हो वा खानयुक्त हो त्यसको पहिचान गर्नु अति आवश्यक हून्छ । जंगलमा पाइने जुनसुकै च्याउ खानयोग्य हुदैनन् ।
तर अधिकाशले विषालु च्याउ पहिचान गर्न नसक्दा च्याउ खाएर विरामी पर्ने र ज्यानै जाने समेत खतरा हुन्छ ।
च्याउ स्वादिलो र स्वस्थ्यकर पनि हुन्छ । यसमा प्रोटिन, मिनिरल्स, तथा विभिन्न प्रकारका भिटामिन पाइनुका साथै एमिनो एसिड पाइन्छ ।
तर च्याउ भन्दै जुन पायो त्यही च्याउ खानु हुदैन । बिशेष गरी जंगलमा पाउने च्याउमा बिशेष सावधानी अपनाउनुपर्छ । बिषालु च्याउ हो वा खानयोग्य हो पहिचान गरेर मात्र च्याउ खाने गरौ ।