रोटरी क्लब अफ बज्र मनासलुको नयाँ कार्यसमिति
रोटरी क्लब अफ बज्र मनासलुको नयाँ कार्यसमिति
रोटरी क्लब अफ बज्र मनासलु गोरखाको रोटरी बर्ष २०२०÷२१ का लागी बिष्णु राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
जसको प्रेसिडेन्ट ईलेक्टमा कृष्णमान श्रेष्ठ, प्रेसिडेन्ट नोमिनी रामकुमार श्रेष्ठ, उपाध्यक्ष नोख वहादुर वोगटी र सचिव शिशु वावु प्रधान रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा किरण वावु श्रेष्ठ, सह–सचिव विनोद अर्याल, क्लव एडमिन डाइरेक्टर सुवास वावु श्रेष्ठ, पब्लिक ईमेज डाईरेक्टर गणेश वावु श्रेष्ठ, सर्भिस प्रोजेक्ट डाईरेक्टर सुजन श्रेष्ठ रहेको क्लबले जनाएको छ ।
द रोटरी फाउन्डेशन डाईरेक्टरमा दामोदर घिमिरे, मेम्बरसीप ग्रोथ डाईरेक्टरमा भोला प्रसाद मरहट्टा, सर्जेन्ट एट आर्ममा बाबुराम श्रेष्ठ रहेका छन् ।
त्यसैगरी रोटरी अन्तरगतको टिच कमिटीको अध्यक्षमा विदुर वानियाँ र क्लबको कार्यकारी सचिवमा सुमेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यस्तै वुधवार रोट्र¥याक क्लब अफ बज्र मनासलु गोरखाले आफ्नो चौथो स्थापना दिवस मनाएको छ । वुधवार जिल्ला सदरमुकाममा कार्यक्रम गरी दिवस मनाएको हो ।