खेलमैदानको संरक्षण र स्तरोन्नती गरौ
खेलमैदानको संरक्षण र स्तरोन्नती गरौ
जिल्ला सदरमुकामको एक मात्र खेलमैदान रंगशाला कुरुप बन्दै गएको छ । आवश्यक संरक्षण र स्तरोन्नती अभाव सधै खड्किरहेको छ । बर्षायामको पानीले निकास नपाउँदा अहिले मैदान आहाल बनेको छ ।
तर जिल्ला खेलकुद बिकास समिति त्यही कुरुप बन्दै गएको मैदानलाइ टुलुटुलु हेर्नुको अलावा अरु केही गर्दैन । यो लज्जास्पद कुरा हो । यो खेलमैदानले जिल्लाका धेरै खेलाडीहरु उत्पादन गरिसकेको छ ।
जिल्लाका खेलाडीहरुको सिप र क्षमता बिकासका लागी मैदानको भूमिका अतुलनिय छ ।
जिल्लामा हुने बिभिन्न खेलकुदका गतिविधी संचालन गर्ने मुख्य थलो नै यही मैदान हो । त्यति मात्र होइन खेलमैदानलाई मेला महोत्सवमा नाच्ने र उफ्रने थलो बनाएर धेरैले पैसा पनि कमाए । तर अहिले त्यही मैदान संरक्षणको पर्खाइमा छ । तर सम्बन्धित निकायले अझै चासो दिएको छैन ।
चाहिने बेला भाडो नचाहेपछि ठाँडो भनेजस्तै अहिले कुरुप बन्दै गएको मैदान संरक्षण र स्तरोन्नतीमा न सम्बन्धित निकायको ध्यान पुगेको छ सरोकारवालाले चासो देखाएका छन् । फाइदाका लागी आफू अनुकुल मैदानको प्रयोग गर्ने मात्र नगरौ ।
यसको संरक्षण र स्तरोन्नतीमा सबैले आवश्यक पहल गरौ । पदका लागी लुछाचुडी गर्ने खेलकुद बिकास समितिका पदाधिकारीहरुको पनि ध्यान जाओस् ।