कतारमा बिरामी परे, नेपाल फर्केको तीन दिनमै बिते

कतारमा बिरामी परे, नेपाल फर्केको तीन दिनमै बिते


आइतवार, असार २१, २०७७


कतारमा बिरामी परे, नेपाल फर्केको तीन दिनमै बिते

‘अब त छिट्टै घर फर्किन्छु । भिसा पनि सकिँदै छ, फेरि काममा नफर्किने गरी आउँछु होला नआत्तिनू,’ कतारबाट श्रीमतीलाई उनले फोन गरेर भने ।

नेपाल फर्किने तयारी गर्दै कम्पनीमा प्रक्रिया मिलाउँदै थिए, कोरोना भाइरस कोभिड–१९ ले महामारीको रूप लिइहाल्यो ।



घर फर्किने तयारी गरिरहेका गोरखा पालुङटार नगरपालिकाका ४४ वर्षीय पुष्कर (नाम परिवर्तन) कतारमै रोकिए । कतार सरकारले लकडाउन गरेपछि निर्माण क्षेत्रमा मजदुरी गर्ने उनी कोठामा बस्नु प¥यो । छिट्टै घर फर्किन्छु भनेका उनी लकडाउनले न काममा जान पाए, न नेपाल फर्किन । भिसाको म्याद सकियो । उनमा अरू तनाव थपियो । ‘भिसाको म्याद नि            सकियो ।

अब यहाँ अवैधानिक   भइयो । तर नेपालबाट लिन जहाज आउँछ भनेको छ, अब दूतावासले छिट्टै नेपाल फर्काउँछ होला,’ उनले घरमा फोन गरेर भन्थे । भिसाको म्याद सकिएर कामविहीन भएर कोठामै बसेका पुष्कर नेपाल फर्किने दिन कुर्न थाले ।

डेढ–दुई महिना बितिसक्यो तर लक डाउनका कारण नेपाल फर्किन पाएनन् । कोठामा भएका सामान सकियो, खल्तीमा पैसा पनि । त्यसपछि पुष्करले साथीको शरण लिन थाले ।

न खाने टुङ्गो भयो, न नेपाल फर्किने । ‘लकडाउनले काम गर्न पनि पाएनन् । भिसाको म्याद पनि सकिएर अलपत्र परेका             रहेछन्,’ पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले भनिन्, ‘कोठाका सबै सामान सकिएपछि साथीहरूकोमा बस्ने, खाने गरेका रहेछन् ।’

उनीजस्ता अलपत्र परेका नेपाली कतारमा अरू पनि थिए । उनीहरूले कतारमा दूतावासमा सम्पर्क गरेर कहिले जहाज लिन आउँछ भनेर सोधिखोजी                   गरिरहन्थे । तर खाने, बस्ने टुङ्गो नभएपछि पुष्कर कतारमै बिरामी परे ।

सामान्य औषधि खाए तर निको हुन सकेनन् । उनमा ६÷७ वर्षदेखि मधुमेहको पनि समस्या थियो । कतारमै अलपत्र पर्दा                 रोगले झनै च्यापेको उनले नेपाल फोन गरेर जानकारी गराएका          थिए । ३ महिनापछि पुष्कर बल्ल नेपाल फर्किने भए ।

उनले नेपाल फर्किन लागेको कुरा घरका सदस्यलाई जानकारी गराए । कतारमा अलपत्र परेका र रोजगार गुमाएका नेपालीलाई लिएर असार १७ गते बिहान जहाज काठमाडौं ओर्लियो । काठमाडौंबाट पुष्करसहितको टोलीले पोखरासम्म पुग्ने माइक्रो बस व्यवस्था गरे ।

पुष्करले नेपाल फर्किएर घर आउँदै गरेको जानकारी गराएपछि उनकी श्रीमतीले पालुङटार              नगरपालिकामा सम्पर्क गरिन् । पुष्कर डुम्रे बजारमा ओर्लिएपछि नगरपालिकाले नै जिपको व्यवस्था गरेर क्वारेन्टिनसम्म ल्याएको           थियो ।

‘१७ गते बेलुका               क्वारेन्टिनमा ल्याउँदा पुष्करको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो,’ पालुङटारकी उपमेयर बसेलले भनिन्, ‘भोलिपल्टै स्वाब लिएर परीक्षणका लागि पोखरा पठायौं ।’ १८ गते स्वाब परीक्षणका पठाएर १९ गते नतिजा आउँदा पुष्करमा कोरोना पोजेटिभ        देखियो ।

‘१९ गते बेलुका ५ बजे रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाको एम्बुलेन्समा राखेर जिल्लाको आइसोलेसनमा पठाएका हौं,’ उपमेयर बसेलले भनिन्,       ‘तर, २० गते बिहान उनको मृत्युको दुःखद खबर सुन्नुप¥यो ।’

मधुमेहका                 बिरामीसमेत रहेका पुष्करमा कतारमै कोरोना संक्रमण भएको हुन सक्ने चिकित्सकको अनुमान छ । नेपाल फर्किने दिन कुर्दाकुर्दै कतारमा अलपत्र परेका पुष्कर नेपाल त फर्के, तर घर फर्किन पाएनन् ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन थापाका अनुसार पुष्करको अवस्था धेरै नै नाजुक भइसकेको थियो । छिट्टै घर आइपुग्ने पर्खाइमा बसेका            परिवार र पुष्करका आफन्त विक्षिप्त छन् । पुष्करका श्रीमती, ४ वर्षका छोरा र १२ की छोरी छिन् ।

पुष्करसँगै माइक्रो बसमा आउनेहरूको खोजी भइरहेको र सबै जना क्वारेन्टिनमै भएकाले स्वाब परीक्षण गरी छिट्टै नतिजा निकाल्ने प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बताए ।              गोरखा पालुङ्टारका ४४ वर्षीय पुष्करको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda