स्थानीयको अवरोध झेल्दै कोरोना संक्रमितको शव व्यवस्थापन गरियो

स्थानीयको अवरोध झेल्दै कोरोना संक्रमितको शव व्यवस्थापन गरियो


आइतवार, असार २१, २०७७


स्थानीयको अवरोध झेल्दै कोरोना संक्रमितको शव व्यवस्थापन गरियो

स्थानीयको अवरोधलाइ झेल्दै गोरखामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन गरिएको छ ।
शनिवार मृत्यु भएका पालुङटार नगरपालिका–७ का ४४ बर्षीय संक्रमित पुरुषको शव        गोरखा नगरपालिका(१२ र शहिद लखन गाउँपालिका–१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।

शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘चार जना नेपाली सेना शव व्यवस्थापनमा खटिनुभएको थियो,’ उनले भने, ‘फुल सेट पिपिइ लगाएर उहाहरुले शव व्यवस्थापन गर्नुभयो ।’



गोरखा अस्पतालको आइसोलेसनमा उपचारको क्रममा शनिवार मृत्यु भएका उक्त संक्रमित पुरुषको शवलाइ सम्मानका साथ अन्त्येष्टी गरिएको प्रजिअ पौडेलले बताए । अस्पतालमा रहेको शव  एम्वुलेन्स मार्फत व्यवस्थापन स्थल लगिएको थियो ।

उक्त क्षेत्रमा शव व्यवस्थापन नगर्न भन्दै शनिवार बिहानै देखि स्थानीयले अवरोध गर्दै आएका  थिए । स्थानीय र प्रहरी बिच झडप समेत भएको थियो । भिड नियन्त्रण गर्न ८ सेल अश्रु ग्यास प्रहार         गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।

‘स्थानीयले           अवरोध गरे भनेपछि म आफै फिल्डमा गए,’ उनले भने, ‘सम्झाउँने प्रयास गर्दागर्दै स्थानीयले ढुंगामुढा गरेपछि अश्रु ग्यास हान्न बाध्य भयौ ।’ अश्रुग्यास प्रहारपछि तितरवितर बनेका स्थानीयले शव व्यवस्थापन स्थल जाने सडक अवरुद्ध गरेका थिए ।

‘अवुवा पुलबाट लुदी दोभान जाने सडकमा हिमपाइप राखेर बाटो अवरुद्ध गरे, हामी हटाउन जाँदा ढुंगामुढा गरेपछि लाठी चार्ज गर्नुप¥यो,’ एसपी गुरुङले भने ।

शव व्यवस्थापनको क्रममा झडप हुदा पाँच जना प्रहरी घाइते भएको उनले बताए । एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीको लाठीचार्जबाट स्थानीय पनि घाइते भएका छन् ।

मृत्यु भएका कोरोना संक्रमित यही असार १६ गते कतारबाट आएका हुन् । पालुङटार            नगरपालिका–७ को जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका उनीमा शुक्रवार कोरोना संक्रमण पुष्टी भएको हो ।

सोही दिन राती उनलाइ गोरखा अस्पताल ल्याइएको थियो । शनिवार बिहान ५ बजे उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda