कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय
कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय
यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो । suorce:onlinekhabar