खेलमैदान स्तरोन्नतीका लागी थप १५ लाख बजेट विनियोजन
खेलमैदान स्तरोन्नतीका लागी थप १५ लाख बजेट विनियोजन
गोरखा सदरमुकाममा रहेको हरमटारी खेलमैदान स्तरोन्नतीका लागी थप १५ लाख बजेट प्राप्त भएको छ ।
राष्ट्रिय खेलकुद परिषदबाट उक्त रकम विनियोजन भएको जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ ।मैदानमा जम्ने पानीको निकास र घेरावारमा रकम खर्च गरिने समितिका प्रशासकिय अधिकृत पञ्च बहादुर राईले बताए ।
‘मैदानमा जम्ने पानी निकासका लागी हिम पाइप राख्छौ, अनि मैदानमा घेरावार लगाउछौ,’ उनले भने ।
४८ मिटरसम्म हिम पाइप राखेर स्थायी रुपमा पानी निकास गरिने उनको भनाइ छ ।
यसअघि पनि मैदान स्तरोन्नतीका लागी राष्ट्रिय खेलकुद परिषदबााट ४० लाख रकम आएको थियो । उक्त रकमले मैदानको उत्तर पूर्व भागमा पक्की रिटर्निङ वाल लगाइएको समितिका प्रशासकिय अधिकृत पञ्च बहादुर राईले बताए । पानीको निकास नहुदाँ अहिले मैदान आहाल बनेको छ ।