उपचार र शव व्यवस्थापनमा खटिनेहरु क्वारेन्टिनमा
उपचार र शव व्यवस्थापनमा खटिनेहरु क्वारेन्टिनमा
शनिवार मृत्यु भएका कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र नेपाली सेनालाई क्वारेन्टिनमा राखिएको छ ।
उपचारमा खटिएका चिकित्सकको टोली र शव अन्त्येष्टीमा खटिएका नेपाली सेनालाई क्वारेन्टिनमा राखिएको हो ।मृत्यु भएका संक्रमित पालुङटार नगरपालिका–७ का ४४ बर्षीय पुरुष हुन् ।
शुक्रवार कोरोना पुष्टी भएर गोरखा अस्पताल ल्याइएको उनको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
उपचारमा एक जना चिकित्सक, दुइ जना नर्स र एक जना कार्यालय सहयोगी खटिएका थिए । उनीहरु शनिवारबाटै क्वारेन्टिनमा बसेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । ‘उहाहरु होटलको क्वारेन्टिनमा हुनुहुन्छ, एक हप्तापछि पिसिआर परिक्षण गर्छाै,’ उनले भने ।
त्यस्तै शव अन्त्येष्टीमा खटिएका चार जना नेपाली सेना पनि होटलको क्वारेन्टिनमा रहेको रणसिं दल गणका गणपती उज्वल केसीले बताए । ‘१४ दिन क्वारेन्टिनमा बस्नुहुन्छ, एक हप्तामा पिसिआर टेष्ट हुन्छ,’ उनले भने ।