आरुघाटमा पनि देखियो कोरोना
आरुघाटमा पनि देखियो कोरोना
२६ असार २०७७
जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार नियमित मिडिया ब्रिफिङ गर्दै गोरखामा थप दुई संक्रमित थपिएको पुष्टी गरेको हो । भीमसेन थापा र आरुघाट गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आरुघाटका संक्रमित ३० बर्षीय पुरुष हुन् ।
उनी भारतबाट आएर भिमोदय माविको क्वारेन्टिनमा बस्दै आएका छन् । आरुघाट गाउँपालिकामा कोरोना देखिएको यो पहिलो पटक हो । भीमसेन थापाका संक्रमित २४ बर्षीय महिला हुन् ।उनी धावाको प्रभात माविको क्वारेन्टिनमा बस्दै आएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ९८ पुगेको छ । उनीहरुमध्य ५३ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्य दुइ जनाको मृत्यु भइसकेको छ भने बाँकीको आइसोलेसन वार्डमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।