बुढीगण्डकी प्रभावितलाई ३१ अर्व ९३ करोड मुआब्जा वितरण
बुढीगण्डकी प्रभावितलाई ३१ अर्व ९३ करोड मुआब्जा वितरण
२६ असार २०७७
बुढीगण्डकी जलबिद्युत आयोजनाले हालसम्म ३१ अर्व ९३ करोड मुआब्जा रकम वितरण गरेको छ ।गोरखा र धादिङका आयोजना प्रभावितलाई उक्त रकम वितरण गरिएको आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्वास तथा पुनस्थापना इकाइ प्रमुख कृष्ण कार्कीले बताए । ‘डुवानमा पर्ने कुल ५८ हजार रोपनीको मुआब्जा दिनुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म ४७ हजार ३२५ रोपनीको वितरण भइसक्यो ।’
गोरखा तर्फको २३ हजार ५७५ रोपनी जग्गाको मुआब्जा वितरण भएको उनले बताए ।
त्यस्तै धादिङ तर्फ २३ हजार ७५० रोपनीको मुआब्जा दिइसकेको उनले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षमात्रै ५ अर्व ४३ करोड मुआब्जा रकम वितरण भएको छ ।
‘गोरखा तर्फ २ अर्व ६५ करोड वितरण भयो,’ उनले भने, ‘धादिङ तर्फ २ अर्व ७७ करोड वितरण ग¥यौ ।’
त्यस्तै आरुघाट र आर्खेतमा घरगोठ, फलफुल र बोट विरुवाको लगत संकलनको काम भइरहेको उनले बताए ।
साउन महिनाभित्र लगत संकलनको काम सक्ने आयोजनाको लक्ष्य छ ।‘डुवानमा पर्ने अन्य ठाउँको लगत संकलन भइसक्यो, आरुघाट र आर्खेतमा स्थानीय नमान्दा समस्या भएको थियो, अहिले सहज भएर काम शुरु भएको हो,’ इकाइ प्रमुख कार्कीले भने ।