मनसुन सक्रिय भएकाले सतर्क रहन आग्रह
मनसुन सक्रिय भएकाले सतर्क रहन आग्रह
२६ असार २०७७
विहिबार देखि चार दिनसम्म यो बर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । भारी बर्षाका कारण पहिरो तथा बाढी आउन सक्ने भन्दै सतर्क रहन प्रशासन कार्यालयले आग्रह गरेको छ ।
वुधवार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।
‘विहिबारबाट मनसुन सक्रिय हुने देखिएको र यसबाट धेरैजसो ठाउँहरुमा लगातार बर्षाको साथै पहाडका धेरै स्थानमा भारी बर्षा समेत हुने देखिन्छ, यसबाट पहाडमा भुक्षय हुने, पहिरो जाने तथा ढल पानीको राम्रो निकासा नभएको ठाउँमा डुवान समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिन्छ,’ सूचनामा भनिएको छ ।
गृह मन्त्रालयले वुधवार मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार सरोकारवाला निकायसँग समन्वय गरी विपद जोखिम न्यूनिकरण कार्यमा सतर्कता अपनाउन प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।