पदस्थापन कार्यक्रम सम्पन्न
पदस्थापन कार्यक्रम सम्पन्न
२९ असार २०७७
रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पाँचौ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार एक कार्यक्रमका बिच रोटरी बर्ष २०२०–२१ का पदाधिकारीलाई बर्ष २०१९–२० का पदाधिकारीहरुले पद हस्तान्तरण गरेका हुन् । बर्ष २०२०–२१ का अध्यक्ष बिष्णु राना मगरलाई बर्ष २०१९–२० का अध्यक्ष रुस बाबु जोशीले पदभार हस्तान्तरण गरे । अध्यक्ष रानालाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले पदस्थापन गरी सपथ ग्रहण गराएका थिए । अध्यक्ष रानाले नयाँ कार्यसमितिका अन्य पदाधिकारीलाइ सपथ खुवाए । कार्यक्रममा निवर्तमान अध्यक्ष जोशीले आफ्नो कार्यकालमा सम्पन्न भएका कार्यक्रमको बारेमा जानकारी गराए । अध्यक्ष रानाले आफ्नो कार्यकालका भावी कार्यक्रमहरु प्रस्तुत गरे । त्यस्तै रोट्रयाक्ट क्लब अफ बज्र मनासलु गोरखाको पनि चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०१९–२० का अध्यक्ष अनुषा श्रेष्ठले वर्तमान अध्यक्ष चिजकुमार श्रेष्ठलाई आफ्नो पदभार हस्तान्तरण गरिन् । रोट्रयाक्ट क्लब अफ बज्र मनासलु गोरखाका संस्थापक अध्यक्ष सानुकाजी श्रेष्ठले अध्यक्षलाई र अध्यक्षले कार्यसमिति सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।