दरबन्दीबाहिर संस्थानले करार र ज्यालादारी कर्मचारी राख्न नपाउने

दरबन्दीबाहिर संस्थानले करार र ज्यालादारी कर्मचारी राख्न नपाउने


सोमवार, असार २९, २०७७


दरबन्दीबाहिर संस्थानले करार र ज्यालादारी कर्मचारी राख्न नपाउने

२९ असार २०७७

सरकारले सार्वजनिक संस्थानहरुमा हुने कार्यकर्ता भर्तिको प्रवृत्तिलाई निरुत्साहित गर्ने भएको छ ।
सोहीक्रममा अब स्वीकृति             दरवन्दीबाहेक करार, दैनिक ज्यालादारी र अस्थायी पदमा नियुक्ति नगर्न अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई निर्देशन दिएको छ । कोभिड–१९ का कारण आर्थिक समस्यमा भोगिरहेको            सरकारले सार्वजनिक खर्च कटौतीको लागि यस्तो कदम चालेको हो ।



बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले सार्वजनिक, संस्थान, बोर्ड, समिति तथा प्राधिकरणहरुका लागि निर्देशन जारी गरेको छ । निर्देशन अनुसार अब दरबन्दीबाहेक स्थानमा संस्थानले करारमा  कर्मचारी भर्ति गर्न पाउने छैनन् । पछिल्लो समय संस्थानहरुलाई पार्टीहरुले राजनीतिक कार्यकर्ता भर्ना गर्ने स्थल बनाएका थिए । सोहीकारण सबैजसो संस्थान समस्यामा छन् ।

संस्थानहरुले नयाँ संगठन तथा व्यवस्थापन गर्दा समेत कुल दरबन्दी नबढ्ने गरी व्यवस्थापन मिलाउनु पर्ने भएको छ । व्यवसायिक योजना र कार्यबोझका आधारमा नयाँ संगठन तथा व्यवस्थापन मिलाउन भने सक्ने भएका छन् । अर्थ मन्त्रालयको निर्देशन अनुसार             हरेक सार्वजनिक संस्थानले व्यवसायिक वाषिर्क कार्ययोजना तयार पार्नुपर्नेछ ।

यस्तो कार्ययोजना साउन १५ गतेभित्र सञ्चालक समितिले स्वीकृत गर्नुपर्नेछ । त्यसको एक प्रति तालुक मन्त्रालय र अर्थ मन्त्रालयमा समेत पठाउन अर्थले संस्थानहरुलाई निर्देशन दिएको           छ । साउन महिना भित्र संस्थानहरुमा प्रमुख कार्यकारी अधिकृतले सञ्चालक समिति समक्ष र शाखा प्रमुखले प्रमुख कार्यकारी अधिकृतसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने भएको छ ।

अहिले सबैजसो सरकारी कार्यालयमा कार्यसम्पादन सम्झौता लाई मूल्यांकनको एक आधार मान्ने नीति आएको छ । तर, कार्यान्वयन भने औपचारिकतामा सीमित             देखिन्छ । संस्थानले कर्मचारीले सम्पादन गर्नुपर्ने कामको स्पष्ट विवरण र कार्यसूचकको निर्माण गरी संस्थानको कार्य सम्पादनलाई कर्मचारीको वृत्ति विकाससँग आवद्ध गर्न समेत निर्देशन दिएको छ । कर्मचारीलाई लामो समयसम्म संस्थानहरुले काजमा खटाउन नपाउने गरी अर्थको निर्देशन आएको छ ।
अर्थको स्वीकृति अनिवार्य

संस्थानहरुमा कर्मचारीको सेवा सुविधा बढाउनु परे अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्छ । कम्पनीको खुद मुनाफा, संचित नाफा, प्रतिस्पर्धी बजार र उत्पादकत्वलाई समेत आधार मानि तालुक मन्त्रालयमार्फत अर्थको स्वीकृति लिनुपर्ने गरी प्रावधान बनाइएको छ । कुनै पनि संस्थानले कार्यालय समयमा हुन सक्ने कामलाई अतिरिक्त समयमा सार्न पाउने छैनन् ।

तर, विशेष प्रकृतिको छिटो सम्पन्न गर्नुपर्ने कामका लागि अतिरिक्त काम गर्नुपर्ने भए नतिजा देखिने गरी स्पष्ट कार्ययोजनाका साथ मात्र काम गर्नुपर्ने निर्देशन अर्थबाट आएको छ ।

अत्यावश्यक बाहेक सवारी नकिन्ने

अर्थले सवारी साधन खरिदको बाटो भने खुलै राखिएको छ । अर्थले अत्यावश्यक बाहेक नयाँ सवारी साधन खरीद नगर्न संस्थानहरुलाई निर्देशन दिएको छ । संस्थानको जग्गा, भवन, मेसिनरी, सवारी साधन र अन्य सम्पत्तिको अधिकतम उपयोग गरी दुरुपयोग हुन नदिन समेत निर्देशन दिइएको छ । उपयोगमा नरहेका सम्पत्ति भने लिलामीमा लैजान भनिएको छ ।

अर्थले सम्पत्ति, दायित्व, शेयर तथा ऋणको विवरण अध्यावधिक गरी दुरुस्त राख्न समेत निर्देशन दिइएको छ ।
जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको विवरण प्रत्येक आर्थिक वर्षको साउन १५ भित्र अर्थ मन्त्रालयमा पठाउन समेत निर्देशन दिइएको छ । संस्थानमा गैरव्यवसायिक प्रकृतिको गोष्ठि, सेमिनार, भ्रमण, विज्ञापनलगायत सबै प्रकारका सञ्चालन खर्च समेत काट्न अर्थले संस्थानहरुलाई निर्देशन दिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda