दुई हुचिलको उद्धार
दुई हुचिलको उद्धार
२९ असार २०७७
जिल्लामा भेटिएको दुई वटा हुचिलको उद्धार गरिएको छ ।
संरक्षित पंक्षीको रुपमा रहेको उक्त हुचिललाई दुई छुट्टाछुट्टै स्थानबाट शनिवार उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘सिरानचोक गाउँपालिका वडा नम्वर ४ चोरकाटे र पालुङटार नगरपालिका वडा नम्वर १ खोप्लाङमा स्थानीको घरमा हुचिल छ भन्ने सूचना आयो,’ डिभिजनल वन अधिकृत तोयनाथ पौड्यालले भने, ‘त्यही सूचनाको आधारमा त्यहा पुगेर उद्धार गरेका हौ ।’ उद्धार गरिएको हुचिललाई कार्यालय ल्याइएको र प्राकृतिक वासस्थानमा छाड्ने तयारी भइरहेको उनले बताए ।
कसैले तस्करीका लागी लैजाने क्रममा हल्ला भएपछि उक्त हुचिललाई गाउँमा छाडिएको आशंका गरिएको छ । लाटो कोसेरो प्रजातिमा पर्ने लोपन्मुख चरा हुचिल राती सक्रिय हुने र दिउँसो निदाउने गर्छ ।