भूमिहीन भूकम्पपीडितले पाउलान् लालपूर्जा ?

भूमिहीन भूकम्पपीडितले पाउलान् लालपूर्जा ?


बुधबार, असार ३१, २०७७


भूमिहीन भूकम्पपीडितले पाउलान् लालपूर्जा ?

राष्ट्रिय पुनर्निर्माण        प्राधिकरण र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच भूमिहीन भूकम्प प्रभावित लाभग्राहीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा छलफल भएको छ ।

मंगलबार ताहचलस्थित आयोग कार्यालयमा पर्ति, ऐलानी, हैसियत बिग्रेका वन क्षेत्रमा घर बनाउने अनुमति पाएका भूमिहीन तथा मोही, स्ववासी, गाउँ एवं           शहरी ब्लकलगायत लाभग्राहीलाई जग्गाधनी पूर्जा दिनेबारे छलफल भएको हो ।



छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ३२ वटा भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहमति पाएका परिवारलाई जग्गा प्राप्तिको सुनिश्चितताको लागि प्रक्रिया थाल्न आग्रह गरे ।

प्राधिकरणले स्थानीय तहको सिफारिस र  जिल्ला समन्वय समितिको स्वीकृति अनुसार १० हजार भन्दा बढी भूमिहीन सहितका लाभग्राहीलाई घर निर्माणको अनुमति र अनुदान उपलब्ध गराएको छ ।

स्थानीय तहले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि घरले चर्चे सम्मको जग्गा आवास निर्माण प्रयोजनका लागि जिल्ला समन्वय समितिलाई सिफारिस गर्ने प्रावधान रहेको        छ । संघीय संसदका सांसदको अध्यक्षतामा रहेको समन्वय समितिले पछि ठहरे बमोजिम हुनेगरी घर निर्माणका लागि अनुमति दिन सकिने गरी प्रावधान निर्माण भएको छ ।

प्राधिकरणले आफ्नो व्यवस्थापन सूचना प्रणालीमा रहेको भूमिहीनलगायत भूकम्प प्रभावित लाभग्राहीको तथ्यांक समेत आयोगलाई उपलब्ध गराउने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्राधिकरणको तथ्यांक तथा अनुभव भूमिहीन नागरिकका समस्या समाधान गर्न महत्वपूर्ण हुने धारणा व्यक्र गरे । उनले अगामी दिनमा प्राधिकरणसँग समन्वयमा           रहेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार घर निर्माण गरेका लाभग्राहीको सम्बन्धित जग्गाको स्वामित्वको छानविन तथा अन्तिम निर्णय आयोगले गर्ने भएको छ ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण गर्नका लागि सरकारले २०७६ चैत्रमा आयोग गठन गरेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda