कोरोना संक्रमणको दर घट्यो, जोखिम पनि घटेकै हो त ?

कोरोना संक्रमणको दर घट्यो, जोखिम पनि घटेकै हो त ?


बुधबार, असार ३१, २०७७


कोरोना संक्रमणको दर घट्यो, जोखिम पनि घटेकै हो त ?

गत चैत्र ११ गतेबाट  सरकारले लक डाउन घोषणा       गरेसँगै जिल्लाका स्थानीय तहहरु  क्वारेन्टिन स्थल निर्माणमा जुटे । आ–आफ्नो पालिकामा क्वारेन्टिन स्थलको छनोट गरे ।

अधिकांशले बिद्यालय भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने निर्णय गरे, र व्यवस्थापनमा लागे । जिल्ला भित्रने सबैलाइ अनिवार्य क्वारेन्टिनमा             राख्ने निर्णय भयो । कोरोना संक्रमितको उपचारका लागी भन्दै गोरखा अस्पतालमा २४ वेड क्षमताको आइसोलेसन वार्ड पनि तयार गरियो ।



शुरुका दिनहरुमा खाली रहेका क्वारेन्टिनहरु              भारतबाट जिल्लावासीहरु फर्कने क्रम बढेसँगै भरिन थाले । पिसिआर परिक्षणका लागी स्वावको नमूना संकलन हुन थाल्यो । रिपोर्ट आउने क्रम शुरु भयो ।

पहिलो पटक गत जेठ २५ गते जिल्लामा एकै चोटी १० जनामा कोरोना संक्रमण देखियो । गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टी भएसँगै जिल्लामा त्रास फैलियो । जेठ २८ गते चार जना संक्रमित थपिए । उनीहरुसबै भीमसेन थापा गाउँपालिकाका थिए । असार २ गते थप १० जनामा कोरोना संक्रमण देखियो । असार ४ गते फेरी ११ जनामा संक्रमण पुष्टी भयो । जिल्लामा संक्रमितको दर बढ्दै गयो । असार ५ गते ५ जना र ८ गते थप ११ जनामा संक्रमण पुष्टी भएर आयो ।

सबैभन्दा धेरै असार ९ गते एकैपटक १८ जनामा संक्रमण पुष्टी भएसँगै जिल्लावासी थप त्रसित बने । हिरासतमा रहेका एक पुरुष र भीमसेन थापा गाउँपालिकामा समुदाय स्तरमा देखिएको कोरोनाका कारण जिल्लावासी थप संशकित भए । समुदाय स्तरमा कोरोना देखिएपछि केही वडाहरु सिल समेत गरियो । कन्ट्याक्ट ट्रेसिङ मार्फत पिसिआर परिक्षणको दायरा बढाइयो ।

समुदाय स्तरमा कोरोना फैलनुमा स्वास्थ्य कार्यालय र कर्मचारीको लापरवाही प्रष्ट देखियो । असारको पहिलो हप्तासम्म संक्रमित थपिने दर बढ्दै गयो । त्यही दरमा संक्रमित बढ्दै गए उपचारका लागी जिल्लामा रहेका आइसोलेसन वार्डले धान्ने वाला थिएन ।
तर असार १५ पश्चात जिल्लामा संक्रमणको दर घट्न थाल्यो ।

फाट्टफुट्ट मात्र संक्रमित थपिन थाले । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा संक्रमितको संख्या १०० पुगेको             छ । जसमध्य ८५ जना उपचार पश्चात निको भएर घर फर्र्किएका छन् ।

संक्रमित दुइ जनाको ज्यान गएको छ भने १३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना जोखिम नियन्त्रणका लागी पूर्व तयारीमा चुक्दै आएका स्थानीय तह र प्रशासन क्वारेन्टिन स्थल र आइसोलेसन वार्ड व्यवस्थापनमा समेत चुके ।

संक्रमितको उपचारका लागी गोरखा क्याम्पसमा एक सय वेड क्षमताको आइसोलेसन वार्ड बनाउने भनिएपनि ७५ वेडभन्दा बढी बन्न सकेन । प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कम्तिमा १० वेड क्षमताको आइसोलेसन वार्ड बनाउने सर्वपक्षिय बैठकले निर्णय गरेको थियो । तर हालसम्म गण्डकी गाउँपालिकाको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा वाहेक अन्यत्र आइसोलेसन तयार भएको छैन ।

४०१ को रिपोर्ट आउन बाँकी

पिसिआर परिक्षण गरिएका मध्य ४ सय १ जनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेका अनुसार हालसम्म २ हजार ८० जनाको स्वाव संकलन गरेर परिक्षणका लागी पठाइएको थियो । उनीहरुमध्य १६ सय ८९ जनाको रिपोर्ट आइसकेको उनले बताए । जसमध्य एक सय जनामा संक्रमण पुष्टी भएको हो ।

क्वारेन्टिन स्थल रित्तिन थाले

जिल्लाका स्थानीय तहहरुका क्वारेन्टिनमा बस्नेहरुको संख्या क्रमश घट्न थालेको छ ।           भारतबाट आउनेको संख्या घटेसँगै क्वारेन्टिन स्थल रित्तिन थालेको पालिकाहरुले जनाएका छन् । भीमसेन थापा गाउँपालिकाको  क्वारेन्टिनमा १ सय १८ जनासम्म रहेको पालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल बताउछन् ।

‘भारतबाट आउने क्रम बढेको बेला हाम्रो पालिकाको क्वारेन्टिनमा एक सय १८ जना सम्म थिए, अहिले ४० भन्दा कम छन्,’ उनले भने । शहिद लखन गाउँपालिकाको            क्वारेन्टिनमा हाल १८ जनाभन्दा बढी नरहेको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार भारतबाट आउने क्रम बढेका बेला क्वारेन्टिन स्थलमा ६० जनासम्म रहेका थिए । अहिले           भारतबाट आउनेको संख्या न्यून  रहेको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी     बताउछन् ।

‘अहिले भारतभन्दा खाडी मुलुकबाट आउनेहरु छन्, त्यसैले पहिले जस्तो क्वारेन्टिनमा बस्नेको संख्या धेरै छैन,’ उनले भने । उनका अनुसार हाल गोरखा नगरपालिका को क्वारेन्टिनमा १३ जना भन्दा कम छन् ।

भारतबाट आउने क्रम बढेको ताका ५६ जनासम्म               क्वारेन्टिनमा रहेको उनले बताए । गण्डकी गाउँपालिकाको                क्वारेन्टिनमा हाल ६ जनाभन्दा बढी छैनन् ।

जेठ मसान्त सम्म करिव ३० जना रहेका क्वारेन्टिनहरु अहिले रित्तिदै गएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताइन् । ‘जेठको २० देखि २५ सम्म भारतबाट एकै पटक धेरै मान्छे आए, व्यवस्थापन गर्न पनि गाह्रो भयो, अहिले भारतबाट आउने खासै छैनन्, क्वारेन्टिनमा पनि खाली हुदैछन्,’ उनले              भनिन् ।

८० जनासम्म रहेका पालुङटार नगरपालिकाको           क्वारेन्टिनमा अहिले करिव २५ जना मात्र रहेको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए । बारपाक सुलिकोट गाउँपालिकाको                 क्वारेन्टिनमा पनि हाल बढीमा १५ जना क्वारेन्टिनमा रहेको प्रमुख प्रशासकिय अधिकृत गौतम         भण्डारी बताउछन् । अजिरकोट गाउँपालिकाको क्वारेन्टिनमा हाल ९ जना मात्र छन् । सिरानचोक गाउँपालिकाकमा हाल ३० जना  रहेको गाउँपालिकाले जनाएको             छ ।

संक्रमणको दर घट्यो

जिल्लामा कोरोना संक्रमणको दर घटेको छ । एकै दिन १८ जनासम्ममा कोरोना देखिएको जनाउदै स्वास्थ्य कार्यालयले पछिल्लो समय संक्रमणको दर घटेको बताएको हो । ‘पहिले एकै दिनमा १० देखि १८ जनासम्ममा कोरोना देखिन्थ्यो,’ कार्यालयका सूचना अधिकारी न्यौपानेले भने, ‘तर अहिले देखिहाल्यो भनेपनि एक÷दुई जनामा देखिन्छ ।’

भारत लगायत अन्य ठाउँबाट जिल्ला भित्रिनेको संख्या घटेसँगै संक्रमणको दर घटेको उनले बताए । तर कोरोनाको जोखिम भने हटिनसकेको उनको भनाइ छ । ‘बाहिरबाट आउनेको चाप घट्यो, त्यही भएर अहिले संक्रमितको दर पनि घटेको हो, तर हामी अझै सुरक्षित छैनौ, कोरोनाको जोखिम कायम नै छ,’ उनले भने । स्वास्थ्य सुरक्षा अपनाएर सर्तक                रहन उनले सबैमा आग्रह समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda