गोरखा नगरपालिकाको बजेट ९९ करोड ४३ लाख
गोरखा नगरपालिकाको बजेट ९९ करोड ४३ लाख
गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७७÷७८ को बजेट ९९ करोड ४३ लाख ५१ हजार रहेको छ ।
नगरपालिकाको वुधवार भएको छैटौ नगरसभामा नगर स्तरीय योजना तथा विनियोजित रकम सार्वजनिक गरिएको हो ।नगर सभालाई सम्बोधन गर्दै नगर उप्रमुख विना कुमारी श्रेष्ठले चालु तर्पm ३७ करोड ९४ लाख ६१ हजार र पुँजीगत तर्पm ६१ करोड ४८ लाख ९० हजार ७२१ रुपैया विनियोजन भएको बताइन् ।
उनका अनुसार कृषि तर्पm १ करोड ३५ लाख र शिक्षा तर्पm २ करोड ५५ लाख ४३ हजार रकम विनियोजन गरिएको छ । आयुर्वेद तर्पm १३ लाख ५० हजार, वातावरण तथा विपद व्यवस्थापन तर्पm ८० लाख बजेट विनियोजन भएको उनले बताइन् ।
‘सामाजिक विकास तर्पm १ करोड ५९ लाख, स्वास्थ्य तर्पm १ करोड ं६५ लाख ५६ हजार, योजना तथा नक्सा पास तर्पm ६१ लाख ५० लाख, पशु सेवा तर्पm ५५ लाख ७२ हजार र जिन्सी तथा कार्यालय व्यवस्थापन तर्पm ४० लाख गरी विनियोजन भएको छ,’ उनले भनिन् । नगरस्तरीय योजनाका लागि ११ करोड ४१ लाख ७० हजार विनियोजन गरिएको उनले जानकारी दिइन् ।
नगरपालिकाको प्रत्येक वडाको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि प्रति वडा ९० लाख हुने गरी वडागत योजनालाई उच्च प्राथमिकता दिइएको उपप्रमुख श्रेष्ठले बताइन् । स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार र शिक्षा क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिइएको उनको भनाइ छ ।
न्यायिक समिति तर्पm २४ लाख, सहकारी तथा सुशासन तर्फ २३ लाख, राजश्व सुधार तर्पm ९ लाख र सूचना प्रविधि तर्पm ४५ लाख रकम विनियोजन गरिएको छ ।
कोरोना भाइरसको महा मारीबाट बच्न र सचेत रहन स्थापना गरिएको होल्डिङ्ग सेन्टर, क्वारेटाइन र आइसोलेशन कक्ष व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरिएको उनले बताइन् । चालु आर्थिक वर्ष देखि सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई समय सापेक्ष कर प्रणालीलाई थप व्यवस्थित गर्ने बताइएको छ ।
‘नगरको इच्छा, छोरीलाई शिक्षा’ भन्ने मान्यताका साथ छात्रा शिक्षालाई थप प्रभावकारी बनाउदै लैजाने र आगामी वर्षमा विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराई आधारभूत शिक्षा सुनिनिश्चित भएको नगरपालिका घोषणा गर्ने योजना रहेको उनको भनाइ छ ।
गोरखा नगरपालिकाको नगर प्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको नगरसभाले गोरखा नगरपालिकाको विनियोजन विद्येयक २०७७ र आर्थिक विद्येयक २०७७ सर्वसम्मतले पारित गरेको छ । गत वर्ष चालु तर्पm ७६.२५ प्रतिशत र पुँजीगत तर्पm ३८.१९ प्रतिशत रकम खर्च गर्न सफल भएको सभामा जानकारी गराइएको छ ।