काम नगर्ने ठेकेदारलाइ खै कारवाही ्
काम नगर्ने ठेकेदारलाइ खै कारवाही ्
गोरखा दरवार पुननिर्माणको जिम्मा लिएको ठेकेदारको लापरवाहीको परकाष्ठ नाघेको छ ।
ठेक्का सम्झौता अनुसार तोकिएको समयमा काम त सकेन नै तर पहिलो पटक थपिएको म्यादमा पनि काम सम्पन्न गर्न सकेन ।
हारगुहार गरेपछि दोस्रो पटक पुन म्याद थपिएको छ तर, कामको प्रगती उस्तै । कछुवा गतिमा अघि बढेको दरवार पुननिर्माणको कामले कहिले पूर्णता पाउला यसै भन्न सक्ने अवस्था छैन ।
ठेकेदारकै लापरवाहीका कारण कामले गति लिन नसकेको हो । ठेकेदार छनोटमा बिभाग चुकेको देखियो ।
काममा लगाव नदेखाउने काममा आलटाल गर्ने अनि समय घर्केपछि म्याद थप भन्दै बिभागको ढोका ढकढक्याउन जाने यस्ता ठेकेदारका कारण जिल्लाको ऐतिहासिक सम्पदा गोरखा दरवार पुननिर्माणको काम अलपत्र छ ।
समयमै काम गर्ने ठेकेदारलाइ दरवार पुननिर्माणको जिम्मा दिएको भए यतिबेलासम्म दरवार पुननिर्माणको काम सम्पन्न भइसक्यो । पुननिर्माणमा ढिलाइ हुदा जिल्लाको पर्यटन क्षेत्रमा पनि असर पुगेको छ ।
काम ठग यस्ता ठेकेदारलाइ लगाम लगाउन सरकार पनि चुकेकै देखिन्छ । समयमै काम नगर्ने र काममा लापरवाही गर्नेलाइ कारवाही गर्न सरकारले खुट्टा कमाउनु हुदैन । यस्ता ठेकेदारलाइ नेताहरुले प्रश्रय दिनु गलत हो ।
जो सुकै होस् काममा लापरवाही गर्नेलाइ कारवाही हुनैपर्छ । होइन भने यस्ता ठेकेदारहरुको लापरवाहीको पराकाष्ठले सिमा नाघ्ने छ । अनि बिकासे काम अलपत्र पर्नेछन् ।