९० संक्रमितले जिते कोरोना
९० संक्रमितले जिते कोरोना
गोरखामा क्याम्पसको आइसोलेसनमा उपचाररत पाँच जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
पालुङटार नगरपालिका–७ का दुइ महिला र एक पुरुष, शहिद लखन गाउँपालिका–९ र गोरखा नगरपालिका–७ का एक÷एक जना पुरुषलाइ आइतवार डिस्चार्ज गरिएको जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।
दुई पटक पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनको भनाइ छ । उनीहरुलाइ १४ दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइएको उनले जानकारी दिए ।
यो सँगै निको भएर घर फर्कने संक्रमितको संख्या ९० पुगेको छ । अर्यालका अनुसार अव गोरखा क्याम्पसको आइसोलेसनमा ६ जना संक्रमित उपचाररत छन् । हालसम्म जिल्लामा संक्रमितको संख्या १ सय २ पुगेको छ ।
जसमध्य दुइ जनामा मृत्यु भएको छ भने ९० जना उपचार पश्चात निको भएर घर फर्किएका छन् । गोरखा अस्पताल र गोरखा क्याम्पसको आइसालेसनमा गरी कुल १० जना उपचाररत रहेको बताइएको छ ।