कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने
कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने
कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मार्फत सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मक विषयमा न्यूनत्तम ‘सी’ ल्याउनै पर्ने व्यवस्था गरिएको हो । य
सअघि बोर्डले लिँदै आएको कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएपछि त्यसका लागि कार्यविधि जारी गरिएको हो ।
शिक्षा ऐनमा कक्षा ११ को परीक्षा बोर्डले लिनै पर्ने व्यवस्था थिएन ।सम्बन्धित विषय पठनपाठन गर्ने शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई नै उत्तरदायी बनाएर परीक्षा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक र विषयगत शिक्षकहरू मध्येबाट प्रधानाध्यापकरप्राचार्यबाट मनोनीत शिक्षक सदस्य रहने गरी परीक्षा तथा प्रमाणीकरण समिति गठनको व्यवस्था गरिएको छ ।
सैद्धान्तिक र प्रयोगात्मक दुबै परीक्षाको मूल्यांकनको अधिकार पनि प्रधानाध्यापक नेतृत्वको यही समितिलाई दिइएको छ । यसैबीच, आगामी शैक्षिक सत्रदेखि विद्यालयबाट ‘पास आउट’ भएका विद्यार्थीको लब्धांक पत्रमा कक्षा १२ को मात्रै अंक राखिने भएको छ ।
बोर्डले सञ्चालन गरेको कक्षा ११ को परीक्षा दिइसकेका विद्यार्थीले भने ११ र १२ कक्षाकै मार्कसिट सहितको प्रमाण पत्र पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।