स्थानीय तहको बेरुजु रकम ३५ करोड भन्दा बढी

स्थानीय तहको बेरुजु रकम ३५ करोड भन्दा बढी


बिहिबार, साउन १५, २०७७


स्थानीय तहको बेरुजु रकम ३५ करोड भन्दा बढी

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औ बार्षिक प्रतिवेदन अनुसार गोरखाका ११ स्थानीय तहको ३५ करोड ५१ लाख ९२ हजार रकम बेरुजु देखिएको छ ।

गत आर्थिक बर्ष २०७५÷७६ मा उक्त रकम बेरुजु देखिएको हो । सबैभन्दा धेरै बेरुजु रकम गोरखा नगरपालिका र सबैभन्दा कम धार्चे गाउँपालिकाको रहेको छ । कार्यालयको प्रतिवेदन अनुसार गोरखा नगरपालिकाको ७ करोड ७२ लाख ३८ हजार बेरुजु रहेका छ ।



धार्चे गाउँपालिकाको ७६ लाख १८ हजार मात्र रहेको प्रतिवेदनमा उल्लेख छ । पालुङटार नगरपालिकाको ५ करोड ८३ लाख ७७ हजार, शहिद लखन गाउँपालिकाको ५ करोड ६३ लाख ३५ हजार र गण्डकी गाउँपालिका को ४ करोड ९१ लाख ५८ हजार बेरुजु रहेको कार्यालयले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिपकाको २ करोड ६२ लाख ५७ हजार, सिरानचोक गाउँपालिका को २ करोड १६ लाख ५ हजार र भिमसेन थापा गाउँपालिकाको १ करोड ८५ लाख ६४ हजार बेरुजु रहेको छ ।

अजिरकोट गाउँपालिका को बेरुजु १ करोड ५६ लाख ८३ हजार, चुमनुव्री गाउँपालिकाको १ करोड ४ लाख ६८ हजार र आरुघाट गाउँपालिकाको १ करोड २ लाख ८९ हजार रहेको कार्यालयको बार्षिक प्रतिवेदनमा उल्लेख छ

। महालेखा परिक्षक कार्यालयले गाउँपालिकासँग असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, कागजात पेश गर्नुपर्ने र पेश्की लिएको गरी चार प्रकारमा बेरुजुको बिवरण चेकजाँच गर्ने गर्छ ।

कार्यालयले केही कागज नमिलाएको र केही अनियमित तरिकाले भ्रष्टाचार भएको रकम असुल गर्ने जनाएको छ । त्यस्तै विगतमा लेखापरिक्षणले सुधारका लागी दिएको सुझावलाई कार्यान्वयन गरी बेरुजु फछर्यौट र आर्थिक अनुशासनको पालन गर्न समेत महालेखा परिक्षक कार्यालयले निर्देशन दिएको छ ।

महालेखा परिक्षक कार्यालयले हरेक चैत्र मसान्तभित्र आफ्नो बार्षिक प्रतिवेदन बुझाउने गरेको थियो । तर महालेखाको ५७ औ बार्षिक प्रतिवेदन भने नियमित समयमा सार्वजनिक हुन सकेन । तर ११ चैत्रमा सरकारले लक डाउन घोषणा गरेपछि अत्यावश्यक वाहेकका सबै सरकारी निकायको काम अवरुद्ध हुदा प्रतिवेदन सार्वजनिकमा ढिलाइ भएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda