सर्वसाधरणमा सतर्कताको खाँचो
सर्वसाधरणमा सतर्कताको खाँचो
सरकारले लकडाउन अन्त्य गरेको डेड साता वित्न नपाउदै पछिल्लो समयमा कोरोना संक्रमणको संख्या बढ्न थालेको छ ।
नेपालमा बुधबार मात्र दुई सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार देशभरीमा दुई सय १० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
लकडाउन खुल्लाभएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेकाले जनजीवन फेरि क्रसिद बनेको छ । सार्वजनिक सवारी ंसाधन चल्न थाले पछि गोरखा प्रवेश गर्ने संख्या पनि बढ्दो छ ।
सहज आवातजावातले संक्रमणको जोखिम नरहला भन्न सकिन्न । गोरखा हाल कोरोना संक्रमणको दर घट्दो अवस्थामा छ । तर आवश्यक सावधानी भने अपनाउनु पर्ने देखिन्छ । साथै अहिले लक्षण सहित कोरोना संक्रमित देखिन थालेको चिकित्सक वताउछन ।
यसले त्रास वढाएको छ । संक्रमण न्यून भएको अवस्थामा लकडाउन गरेको सरकारले लकडाउन खोलेको बेलामा भने न्यूनतम दायित्व पनि पूरा गर्न सकेको छैन ।
परिक्षण दर यहि अनुपातमा कम गर्ने हो भने भोलिका दिनमा यसको फैलावट वढ्ने सम्भावना रहन्छ ।
परिस्थिति अहिलेको भन्दा नियन्त्रण बाहिर जान पनि सक्छ । यसमा सरकारको पूर्वतयारी तथा स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धिसँगै सर्वसाधरणको सचेतना पनि उक्तिकै आवश्यक देखिन्छ । ब्याक्ति स्वंयले पनि न्यूनतम सरक्षाको उपाय अवलम्वन गर्नुपर्छ ।